सरुवा रोग अस्पतालमा अत्याधुनिक उपकरण नहुँदा भुई मान्छेले दु:ख पाए, दैनिक १० जना एमआरआई गराउने बिरामी रेफर


काठमाडौं । देशको एक मात्र केन्द्रिय सरुवा रोग अस्पताल टेकुमा अत्याधुनिक उपकरण नहुदा सेवा प्रवाहमा समस्या देखिएको छ । बिगतमा कसैको ध्यान नपुगेको अस्पतालमा कोभिड पछि बिरामीको चाप ह्वात्तै बढेको छ ।

अस्पतालकाे तथ्यांक अनुसार दैनिक ओपिडिमा सेवा लिनेहरु ४५० देखि ५ सय जना सम्म हुन्छन् । सरुवा रोग अस्पताल भएकाले बिभिन्न जनावरले टोकेका, एचआइभी लागेका, कुष्ठरोगी, टिबी जस्ता कयौं सरुवा राेग सँग  सम्बन्धित उपचार र अन्य राेगकाे पनि उपचार हुन्छ । तर, ती बिरामीहरुलाई आवश्यक पर्ने उपकरण अस्पतालमा छैन । दैनिक एमआरआई गर्नुपर्ने बिरामी मात्रै कम्तिमा दश जना हुने अस्पतालले जनाएको छ ।

केन्द्रिय अस्पताल त्यो पनि सरुवा रोग हरेक समय एमआरआई, सिटि, अल्ट्रासाउन्ड, एक्सरे जस्ता उपकरणको आवश्यक पर्छ । तर, एउटा एमआरआई नहुदा निजीमा महंगो शुल्क तिरेर सेवा लिन गरिब बिरामी बाध्य छन् ।

टेकु अस्पताल देशकै सस्तो सेवा दिने अस्पताल भित्र पर्छ । अझ गज्जवको कुरात यहाँका चिकित्सकले निजी क्लिनीक धाउन जानेकै छैनन् । दिनभर अस्पतालमै घाेत्लिरहेका हुन्छन् । यस्ता कर्मचारी भएकाे अस्पतालमा भरपुर उपकरण जडान भए अन्य अस्पतालमा दुख पाएका बिरामी पनि सेवा लिन पुग्नेछन् ।

अस्पतालका सुचना अधिकारी नवराज गौतमका अनुसार बिरामीको चाप बढ्दै जाँदा सेवा बिस्तार गर्न जरुरी देखिएको छ । टेकु अस्पतालको तथ्यांक हेर्दा कोभिड अगाडी १ लाख २० हजार बिरामीले सेवा लिएका छन् । उता देशको पुरानो र ठुलो वीरमा भने तीन लाखले सेवा लिएको अस्पताले जनाएको छ । वीर अस्पतालमा नभएको उपकरण कुनै छैन । तर, बिरामीले समयमा कुनै सेवा पाउँदैनन् ।  वीर अस्पतालमा जतिका अत्याधुनिक उपकरण नेपालका अस्पतालमा कमै छन् ।

सरुवारोग अस्पतालमा उपचारका लागि आउने सबै जसो भुइ मान्छे हुन् । टिकट समेत काट्न पैसा नहुने बिरामीका लागि गुणस्तरीय सेवा दिन सरकारले एमआरआई, अल्ट्रासाउण्ड, इको जस्ता अत्यावश्यक उपकरण टेकुमा उपलब्ध गराउनु पर्छ । तत्कालीन स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङ्ले ०७३ साल १० माघमा टेकु अस्पतालमा सिटी स्क्यान मेसिनको सुभासम्भ गरेका थिए ।

सिटी स्क्यान मेसिन सुरु भएसगै अस्पतालले सरुवा रोगको मात्रै नभएर हरेक किसिमका बिरामीलाई सेवा दिने बताएको थियो । सिटी सुरु भएको ५ वर्ष भन्दा बढी भएको छ । यस बिचमा एक पटक बिग्रिएको छ, त्यो पनि लामो समय हैन । अधिकारीहरु भन्छन् उपकरणको सहि सदुपयोग गर्ने सेवामा पुर्ण बफादार रहने चिकित्सक र अस्पतालका लागी सरकारले अत्याधुनिक उपकरण दिएर बिरामीलाई सेवा दिन कन्जुस्याइँ गर्नु हुन्न । पछिल्लाे समय सरकार कमिसन आउने अस्पतालमा मात्रै उपकरण खरिद गर्नमा जुटेकाे छ ।

सरुवा रोग अस्पतालमा माइक्रोबायोलोजिष्ट र प्याथोलोजिष्टको दरबन्धी समेत छैन । अहिलेको मोडन आधुनिक युगमा तत्काल रोग पत्ता लगाउँन आफ्नै उपकरण आवश्यक पर्छ । तर, देशको एक मात्रै केन्द्रिय सरुवा रोगको अवस्था दयनीय छ । बिरामी भर्ना गरेर सेवा लिनका लागि ल्याब परिक्षणका लागि अन्यन्त्र जानुपर्छ ।

यता रेडियोलोजिष्टको पनि दरबन्दी छैन । बिना दरबन्दी सिटी, एक्सरे जस्ता सेवा कर्मचारीले दिइरहेका छन् । यो विषय स्वास्थ्य मन्त्रालयले गंभिर रुपमा लिनुपर्ने अधिकारीहरु बताउँछन् । स्वास्थ्य लाइभलाई प्राप्त विवरण अनुसार विगत ८ महिनामा ५२८ जनाले सिटी स्क्यान सेवा पाएका छन । अस्पतालले ६२ जनालाई पूर्ण निशुल्क सेवा दिएको छ । कुनै पनि बिरामी रकम अभावले सेवा नपाएर फर्कन नपरोस् भन्ने नियतका साथ कर्मचारी काममा खटिएका छन् । सुचना अधिकारी गौतमले बताए अनुसार टेकुले २ हजार रुपैयाँमै सिटी स्क्यान सेवा दिइरहेको छ ।

बिशेषगरी टेकु अस्पतालले गरिब बिरामीलाई दिएको सेवाको सबैले तारिफ गरेका छन् । ११९५२ जनाको मृत्यु हुदा सबै भन्दा कम मृत्यु सरुवारोग अस्पताल टेकुमा भएको थियो । उक्त अस्पतालका चिकित्सक, नर्स, पारामेडिक्स, पशासनको समन्वयले कुनै पनि बिरामी सेवा नपाएर झर्कनु परेको थिएन । जुन समय निजी अस्पतालहरुले कोभिडका बिरामी हेर्न नपरोस् भन्नै मुल गेटनै बन्द गरेर सेवा अवरुद्ध पारेका थिए ।

शिक्षण अपताल, वीर अस्पताल, पाटन जस्ता ठुला अस्पतालले समेत सकभर बिरामी भर्ना लिन खोजेनन् । लिए पनि वेड भन्दा बढी लिएनन् । तर, टेकु अस्पतालले पुरै वेड भरिदा पनि खाली भुइमा राखेर सेवा दियो बिरामी फिर्ता पठाएन ।

क्याटेगोरी : समाचार
ट्याग : #टेकु अस्पताल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com