फेरी कोरोना सङ्क्रमण बढ्यो, नेपालमा भेरियन्टको नयाँ प्रजातिबारे अध्ययन हुँदै


फेरी केही हप्तादेखि कोरोना भाइरस सङ्क्रमणको संख्या उकालो लागेको छ । नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी स्वास्थ्यका मापदण्ड पालना नगर्नुजस्ता कारणले सङ्क्रमण बढेको पाइएको हो ।
भारतमा सङ्क्रमण बढेसँगै नेपालमा पनि सङ्क्रमण बढेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले बताए ।

उनका अनुसार ०।५ प्रतिशतसम्म झरेको सङ्क्रमणको दर अहिले ६ प्रतिशत पुगेको छ । “भारतमा जुन हिसाबले सङ्क्रमण बढेको थियो । सोहीअनुसार नेपालमा अहिले सङ्क्रमण धेरै नै बढेको हुनुपर्ने हो”, उनले भने, “तर नेपालमा भारतमा बढेको जस्तो भने बढेको छैन ।”

नेपालमा कोरोना भाइरसको सङ्क्रमण सबैभन्दा कम चार जनामा देखिएको थियो । सङ्क्रमण बढ्दा सक्रिय सङ्क्रमित पनि बढिरहेका छन् । अहिले २९७ जना सक्रिय सङ्क्रमित रहेका छन् । असार १ गते तीन हजार ९०५ जनामा परीक्षण गराउँदा २५ जनामा सङ्क्रमण भएकामा हिजो असार १७ गते दुई हजार ८१४ जनामा परीक्षण गर्दा दोब्बरमा सङ्क्रमण देखिएको छ । असार १७ गते ५० जनामा सङ्क्रमण देखिएको छ ।

असार १६ गते ५५ जना, असार १५ गते ६२ जना, असार असार १४ गते ४४ जना, असार १३ गते ४१ जना, असार १२ गते २९ जना र असार ११ गते २७ जना सङ्क्रमित रहेका छन् । अहिले २९१ जन होम आइसोलेशन, छ जना संस्थागत आइसोलेशन र तीन जना सघन उपचार कक्ष ९आइसियु०मा रहेका छन् ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले भारतमा सङ्क्रमण बढेका कारणले नेपालमा पनि बढेको जानकारी दिए । भारतबाट नेपालमा आउने मानिसमा सङ्क्रमण देखिएको उनको भनाइ छ ।

“सङ्क्रमण बढे पनि तर ग्राफमा ठूलो नदेखिएको हो”, उनले भने, “तर हामीले जनस्वास्थ्यमा मापदण्ड पालना गर्नुपर्दछ ।” उनले अहिले देखिएको सङ्क्रमणमा ओमिक्रोन भेरियन्ट द्यब्द्ध वा द्यब्छग् प्रजातिको हो वा होइन भन्नेबारेमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा अणु वाङ्शिक ९जीन सिक्वेन्सिङ० अध्ययन भइरहेको बताए । “अहिले देखिएका सङ्क्रमणमा ओमिक्रोन भेरियन्ट नयाँ हो वा होइन भनेर हामीले जीन सिक्वेन्सिङ गरिरहेका छौँ”, उनले भने, “एक दुई दिनमा रिपोर्ट आएपछि थाहा हुन्छ ।”

 

क्याटेगोरी : समाचार
ट्याग : #कोरोना भाइरस

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com