स्वास्थ्य व्यवसायी ज्ञवालीको निमन्त्रणामा नेपाल आए बलिउड अभिनेता विन्दु दारा सिंह


काठमाडौं । स्वास्थ्य व्यवसायी पोष्टराज ज्ञवालीको निमन्त्रणामा बलिउड अभिनेता अर्थात ‘बिग बोस ३’ का विजेता विन्दु दारा सिंह नेपाल आएका छन् । सफल व्यवसायीका रुपमा परिचित ज्ञवालीको निम्तो स्वीकार गर्दै शनिबार साँझ विन्दु दारा सिंह काठमाडौं आइपुगेका हुन् ।

चर्चित सिरियल ‘जय हनुमान’ मा हनुमानको भूमिकामा सिंह देखिएका थिए । केही दिनको नेपाल बसाइमा उनी नेपालको धार्मिक तथा पर्यटकीय स्थलको भ्रमण गर्ने छन् । पर्यटकीय ठाउँ घुम्ने क्रममा सिंह काठमाडौं र वरपरका क्षेत्र जाने ज्ञवालीले बताए ।

ज्ञवालीले बताए अनुसार उनी मुख्यगरी पशुपतिनाथको दर्शन गर्ने छन् । त्यस्तै विभिन्न पर्यटकीय स्थल पनि घुम्नेछन् । ‘आफु पटक पटक नेपाल आएको छु स्वास्थ्य लाइभसँग उनले भने, ज्ञवाली जी जस्ता मेरो पुराना साथिहरु छन् । त्यसैले मलाई नेपाल मनपर्छ र नियमीत आउँने गर्छु ।’

बलिउड अभिनेता सिंह र व्यवसायी ज्ञवालीको सम्बन्ध दशौं वर्ष पुरानो हो । उनिहरु बीच भाइचाराको सम्बन्ध छ । सिंहले २४ भन्दा बढी हिन्दी फिलिममा अभिनय गरेका छन् । टेलिभिजन सिरियल र रियालिटी शोमा समेत उनले उपस्थिति जनाएका छन् ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : ##पोष्टराज ज्ञवाली, #बलिउड अभिनेता, #विन्दु दारा सिंह

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com