केएण्डके कलेजमा १९९ को निःशुल्क आँखा परीक्षण


काठमाडौं ।  केएण्डके इन्टरनेसनल कलेजमा १९९ जनाको निःशुल्क आँखा परीक्षण गरिएको छ । कलेज र लाएन्स क्लब काठमाडौंले संयुक्त रुपमा सञ्चालन गरेको निःशुल्क आँखा जाँच शिविर तथा रक्तदान कार्यक्रममा १९९ जनाले आँखा परीक्षण गराएका हुन् ।

क्लबका कोषाध्यक्ष विराट प्रकाश मैनालीका अनुसार उक्त शिविरमा ५३ जनाले रगत दान समेत गरेका छन् । कान्तिपुर अस्पतालबाट रक्त संकलनको लागि प्राविधिक टोली र आँखा रोगका चिकित्सक रहेका थिए ।

निःशुल्क आँखा जाँच शिविर तथा रक्तदान कार्यक्रममा कलेजका प्रिन्सिपल बिमल खड्का, लाएन्स क्लबका अध्यक्ष नरेश खड्कालगायतको उपस्थिति रहेको कार्यक्रम संयोजक समेत रहेका मैनालीले जानकारी दिए ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com