फर्पिङ बसपार्कबाट ५९० एम्पुल लागु औषधसहित अन्सारी पक्राउ


काठमाडौं । फर्पिङ बसपार्कबाट ५९० एम्पुल लागु औषधसहित १ जना व्यक्ति पक्राउ परेका छन् । बारा कलैया नगरपालिक वडा नम्बर ९ घर भई रामपुर बस्ने बर्ष २४ को ईन्ताज अन्सारीलाई लागु औषधसहित प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार सोमबार दिउँसो १२ बजे काठमाडौंको दक्षिणकाली नगरपालीका वडा नं. ५ स्थित फर्पिङ बसपार्कमा एक व्यक्ति ५९० एम्पुल लागु औषधसहित पक्राउ परेका हुन् ।

विभिन्न सवारी साधन तथा मानिसहरु चेकजाँच गर्ने क्रममा कलैयाबाट काठमाडौं आउँदै गरेको ना १ ज ५९५८ नं.को भाडाको टाटा सुमोबाट ती व्यक्ति समातिएको प्रहरीको भनाइ छ ।  ‘चेक जाँच गर्ने क्रममा उक्त टाटा सुमोमा यात्रा गरी आएका निम्न लिखित ब्यक्तिले साथमा लिई आएको झोलाभित्रबाट निम्न परिमाणमा प्रतिबन्धित लागु औषध फेला परेकाले बरामद गरी निजलाई नियन्त्रणमा लिइएको हो’, जिल्ला प्रहरी परिसर काठमाडौंद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रहरीले उनको साथबाट DIAZEPAM – १९२ एम्पुल, NOOPHIN – १९९ एम्पुल र PHENERGAN – १९९ एम्पुल गरी  जम्मा ५९० एम्पुल लागु औषध बरामद गरेको हो ।  घटनामा संलग्न निज ईन्ताज अन्सारी उपर लागु औषध नियन्त्रण ऐन, २०३३ बमोजिम प्रहरी बृत्त किर्तिपुरबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com