फर्पिङबाट लागू औषधसहित एकजना पक्राउ


काठमाडौं । फर्पिङबाट नेपाल प्रहरीले लागू औषधसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी परिसर काठमाडौंको टोलीलेफर्पिङ बसपार्कबाट ५९० एम्पुल लागू औषधसहित बारा कलैया नगरपालिका–९ का २४ वर्षीय इन्ताज अन्सारीलाई आज पक्राउ गरेको हो।

काठमाडौंका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक निरञ्जन दत्त भट्टले कलैयाबाट काठमाडौं आउँदै गरेको ना१ज ५९५८ नंको भाडाको टाटा सुमो जाँचका क्रममा लागू औषधसहित अन्सारीलाई पक्राउ गरिएको जानकारी दिए।

प्रहरीले अन्सारीले झोलामा बोकेर ल्याएको डाइजेपाम १९२ एम्पुल, नुर्फिन १९९ एम्पुल, फेनार्गन १९९ एम्पुल बरामद गरेको छ। घटनामा संलग्न अन्सारीलाई लागू औषध नियन्त्रण ऐन, २०३३ बमोजिम प्रहरी वृत्त कीर्तिपुरबाट थप अनुसन्धान भइरहेको प्रवक्ता भट्टले बताए।

 

क्याटेगोरी : समाचार
ट्याग : #नेपाल प्रहरी, #लागू औषध

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com