आँखा र दाँतको उपचार हरेक पालिकाको अस्पतालमा हुने व्यवस्था गरिनेछ :स्वास्थ्यमन्त्री खापुङ


काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले अब हरेक पालिकाका अस्पतालमा आँखा र दाँतको उपचार हुने व्यवस्था गरिने बताएका छन्।

सोमबार नेपाल चिकित्सक आयुर्वेद संघको २५ औँ स्थापना दिवसलाई सम्बोधन गर्दै मन्त्री खापुङले सो कुरा बताएका हुन्।

मन्त्री खापुङले भने, ‘स्वास्थ्यको क्षेत्रमा अहिले सरकार धेरै संवेदनशील छ। सरकारको महत्त्वपूर्ण आर्थिक हिस्सा स्वास्थ्य क्षेत्रमा लगानी छ। अहिले हामी संघीयताको अभ्यासमा छौँ। प्रत्येक वडामा कम्तीमा पनि एउटा स्वास्थ्यचौकी हुनुपर्छ भन्ने सरकारको घोषणा छ। प्रत्येक पालिकामा १५ बेडसम्मको हस्पिटल हुनुपर्छ भन्ने सरकारको घोषणा छ, योजना छ। त्यो योजना अनुसार नै सरकार अघि बढिरहेको छ। स्वास्थ्यचौकीमा वा पालिका हस्पिटलमा आँखाको उपचार गर्ने पनि एउटा कोठा हुन आवश्यक छ। यसैगरी एउटा दाँतको र एउटा आयुर्वेदिक चिकित्साको कोठा हुनुपर्छ।’

उनले सिंहदरबार वैद्यखानाको मर्मतसम्भार र संवर्द्धन हुन नसक्दा नाजुक स्थितिमा पुगेको पनि बताए।

वैद्यखानाको सुधारका लागि नयाँ नेतृत्व पुगेकोले अबका दिनमा सुधार हुनेमा आफू विश्वस्त रहेको उनको भनाइ छ।

 

क्याटेगोरी : विविध, समाचार
ट्याग : ##पालिका, #स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ