स्वास्थ्यमा वेथिति

 ‘माफिया’को स्वार्थमा करोडौंको टेन्डर, विशाल पण्डित भन्छन्, ‘६ महिनादेखि कराउँदा बल्ल खोलिदिए’,


काठमाडौं मुलुक आर्थिक संकट फस्न लागिरहेको अवस्थामा स्वास्थ्य मन्त्रालयले दातृ निकायसँग चन्दा मागेर एक व्यापारीलाई खुसी बनाउन मेडिकल उपकरण खरिदको जिम्मा दिन लागेको छ । सरकारी रकमबाट खरिद गर्दा विभिन्न समस्या देखिने भएपछि मन्त्रालय र विभागले विश्व वैङ्कसँग रकम मागेर व्यापारी खुसी बनाउँन लागेकाे हो ।

तत्कालीन स्वास्थ्यमन्त्री विरोध खतिवडाले विश्व वैङ्कसँग उपकरण खरिद गर्न भन्दै ३६ करोड रुपैयाँ मागेर विभागमा पठाएका थिए । तर, स्वास्थ्य मन्त्रालयलाई के खरिद हुँदैछ भन्ने विषयमा जानकारी थिएन ।

खतिवडा स्वास्थ्यमन्त्रीबाट हटेपछि उनको ठाउँमा तत्कालीन राज्यमन्त्री भवानी खापुङ आएका छन् । अरुले मिलाएको सेटिङको दोष खापुङले खेप्नुपर्ने अवस्था आएको छ । स्वास्थ्य सेवा विभागका अनुसार ३६ करोडमध्ये १९ करोडका सात वटा इन्टीग्रेटेड वेस्ट हस्पिटल म्यानेजमेन्ट सिष्टम खरिद गर्न लागिएको छ । उक्त खरिद हस्पिटेकलाइ दिने गरि कागजपत्र तयार पारिएको बुझिएको छ ।

 दातासँग चन्दा मागेर १९ करोडको सातवटा इन्टीग्रेटेड वेस्ट हस्पिटल म्यानेजमेन्ट सिष्टम खरिद गर्ने ठेक्का सुनिश्चित गर्दिएको हो ।

अझै तीनदिन टेन्डर हाल्ने समय बाँकी रहेको छ । यसबीचमा स्वास्थ्य लाइभलाई प्राप्त डकुमेन्टमा इन्टीग्रेटेड वेस्ट हस्पिटल म्यानेजमेन्ट सिष्टम खरिदका लागि स्पेसिफिकेसनमा हस्पिटेक प्रा.लिलाई मात्र मिल्ने बनाइएको छ । यो कुरा स्वयं विशाल पण्डितले पनि स्वीकार गरेका छन् । उनले भनेका छन् ‘६ महिनादेखि कराउँदा कराउदा बल्ल एउटा काम दिन लागेका छन् । त्यो पनि मेरो रिस गर्नेहरु बिरोध जनाउन थालेका छन् ।’,

केही वर्ष अगाडि पनि पण्डितले विभिन्न अस्पतालका लागि उक्त उपकरण ल्याएका थिए । सार्वजनिक खरिद कानुन अनुसार निश्चित सप्लायर्सलाई मिल्ने गरी स्पेसिफिकेसन्स बनाउन मिल्दैन । त्यो खरिद मिलेमतो र भ्रष्टाचार हो ।

स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका प्रमुख डा . रुद्र मरासिनीले पनि नयाँ स्पेक नबनाएको विषय स्वीकार गरेका छन् । ‘ हामीले नयाँ स्पेक बनाएनौं । स्पेक बैंकबाट निकालेर प्रस्तुत गरिएको हो’, निर्देशक मरासिनीले भने, ‘उक्त स्पेक विशाल पण्डितलाई मात्रै मिल्ने खालको भन्न गुनासाहरु आएका छन् । यस विषयमा टेन्डर हाल्ने समय सकिएपछि हामीले अध्ययन गर्नेछौं ।’,

व्यवस्थापन महाशाखा २२ जेठमा सार्वजनिक सूचना जारी गरेको थियो । सात वटा इन्टीग्रेटेड वेस्ट हस्पिटल म्यानेजमेन्ट सिष्टमसँगै १५ वटा १५० लिटरका अटोक्लेप मेसिन, ७५ लिटर क्षमताको १८५ वटा गरी जम्मा ७ करोड ६३ लाख ४३ हजार ३ सय ३३ रुपैयाँको अटोक्लेप मेसिन पनि खरिद गर्न लागिएको छ । उक्त अटोक्लेप मेसिनमा भने लक लगाइएको छैन । यो मेसिन भने पण्डितले ल्याउने हैनन् ।

टेन्डरको म्याद बाँकी हुँदै उजुरी पर्न सुरु

इन्टीग्रेटेड वेस्ट हस्पिटल म्यानेजमेन्ट सिष्टम टेण्डर प्रक्रियामा एकमात्रै कम्पनीलाई दिने गरी टेक्निकल स्पेसिफिकेसन बनाएपछि अन्य कम्पनीहरु बिरोधमा देखिएका छन् । उक्त उपकरण पण्डितले बर्टिनबाट ल्याउन लागेका हुन् ।

इन्टीग्रेटेड वेस्ट हस्पिटल म्यानेजमेन्ट सिष्टम खरिदका लागि तयार पारिएको स्पेसिफिकेसन फ्रान्सको बर्टिन कम्पनीसँग मात्रै मिल्छ । बर्टिन फ्रान्सको कम्पनी हो । यसको नेपाली डिलर विशाल पण्डितको हस्पिटेक हो । व्यवस्थापन महाशाखाले सुनुवाई नगरेको भन्दैं सेन्ट्रल बिज्नेस लिङ्क प्रलिले स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङको ध्यानाकर्षण गराएको छ ।

सिभिल अस्पतालमा यही मेसिन पण्डितले १ करोड ८६ लाखमा ल्याइएका थिए । सिभिलमा सोही प्रकृतिको अर्को मेसिन पनि १ करोड ८० लाखमा खरिद गरिएको छ । तर, विभागले हाल खरिद गर्न लागेको ७ वटा मेसिनको दाम १९ करोड रहेको छ ।

स्रोतका अनुसार ५ वटा २० केजीका र २ वटा ५० केजी क्षमताको खरिद गर्न लागिएको हो । उही मेसिनको दाम करोडौं फरक परेको छ । पण्डितले विगतमा खरिद गरेकै स्पेकका आधारमा अहिले टेण्डर खुलाइएको हो ।

अधिकारीहरु भन्छन् , ‘कम्तिमा पनि सात करोड रुपैयाँ घोटाला हुन लागेको छ । पुरानो टेक्नोलोजी भएकाले यसको अहिले खासै प्रयोग हुँदैन।’, अटोमेटिक सिस्टमवाल उपकरण विश्वमा आएका छन् । तर, नेपालमा व्यापारी खुसी बनाउँनकै लागि सेवालाई पाखा लगाइएको छ । मुलुकको आवश्यकताभन्दा पनि व्यापारीको स्वार्थलाई प्राथमिकतामा राखेर उकरण खरिद गर्न स्वास्थ्य मन्त्रालय अग्रसर देखिन्छ ।

के भन्छन् व्यापारी विशाल पण्डित ?

नेपालमा अहिलेसम्म सोलिड वेस्ट म्यानेजमेन्टमा जतिपनि उपकरणहरु प्रयोग भएका छन्, हाम्रा मेसिनहरु ११ वटा रहेका छन् । बाँकी अन्य कम्पनीका ११ वटा रहेका छन् । हाम्रो सबै चलिरहेका छन् । तर, अरुका तीनवटा पनि संचालनमा छैनन् ।

आजभन्दा तीन वर्ष अगाडि विश्व बैंकको टोलीले अनुसन्धान गरेर यो प्रविधि उचित ठानेर सुरु गरेको हो । अहिले स्वास्थ्य सेवा विभागले किन्न खोजेको ३८ करोडको मेसिन हो । यसमध्ये हाम्रो टेक्नोलोजी किन्न लागेको जम्मा १९ करोडको हो ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com