नेपाल चिकित्सक संघले १ लाख राशीको ‘रुपा चिकित्सा अवार्ड’ स्थापना गर्‍यो


काठमाडौं । नेपाल चिकित्सक संघले १ लाख धनराशीको ‘रुपा चिकित्सा अवार्ड-२०७९’ को स्थापना गरेको छ । नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीका अनुसार उक्त अवार्ड १ जना चिकित्सकलाई १ लाख नगद, दोसल्ला र प्रमाणपत्रसहित प्रत्येक वर्ष फागुन २० गते प्रदान गरिने छ ।

चिकित्सकीय पेशमा समर्पित भई अतुलनीय योगदान पुर्‍याउने उत्कृष्ट एकजना चिकित्सकलाई ९ सदस्यीय छनौट समितिले वैज्ञानिक विधिबाट कार्तिक महिनादेखि माघ मसान्तसम्ममा छनौट प्रक्रिया पूरा गरी प्रत्येक वर्षको फागुन १० गते उक्त अवार्ड घोषणा हुने अध्यक्ष डा. कार्कीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । छनौट भएका  १ जना चिकित्सकलाई फागुन २०  १ लाख नगदसहित दोसल्ला र प्रमाणपत्र समेत उपलब्ध गराउने उक्त विज्ञप्तिमा भनिएको छ ।

‘रुपा चिकित्सा अवार्ड-२०७९’ को स्थापना गर्ने गरी नेपाल चिकित्सक संघका अध्यक्ष डा. कार्की र रुपा फाउण्डेसनका संयोजक आत्मकृष्ण श्रेष्ठबीच सम्झौतामा हस्ताक्षर भएको छ । नेपाल चिकित्सक संघको स्थापना भएको दिन(Nepalese Doctor’s Day) मा अर्थात् प्रत्येक वर्षको फागुन २० गते यो अवार्ड प्रदान गरिने संघका अध्यक्ष डा. कार्कीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

काठमाडौं महानगरपालिका वडा नम्बर १६ बालाजु निवासी सामजसेवी श्रीमती रुपा श्रेष्ठ स्वर्गरोहण भएको दिन फागुन १० गतेका दिनको स्मरणमा रुपा फाउण्डेसन र नेपाल चिकित्सक संघको संयुक्त पहलमा ‘रुपा चिकित्सा अवार्ड-२०७९’को स्थापना गरी फागुन २० गते प्रदान गर्ने सहमति भएको संघका अध्यक्ष डा. कार्कीले जानकारी दिए ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com