नेपाल आयुर्वेद चिकित्सक संघको २५ औं स्थापना दिवस वृहत्त रुपमा मनाइयो


काठमाडौं । नेपाल आयुर्वेद चिकित्सक संघको २५ औं स्थापना दिवस वृहत्त रुपमा मनाइएको छ ।

स्वास्थ्यमन्त्री  भवानी प्रसाद खापुङको प्रमुख आतिथ्यमा होटेल हिमालयमा सम्पन्न भएको हो । कार्यक्रममा आयुर्वेद चिकित्सकहरूले “नसर्ने रोगमा आयुर्वेद चिकित्सा .” शीर्षकको वैज्ञानिक सत्रमा आ -आफ्ना शोधपत्रहरु प्रस्तुति गरेका थिए । प्रस्तुति गर्दै डा. विनोद घिमिरेले “नसर्ने रोगमा थेरापिटिक योग र आयुर्वेदको एकीकृत प्रभाव” र डा. अमित मान जोशीले “हाइपोथाइरोडमा जडीबुटी तथा खनिज औषधिको प्रभाव ” शीर्षक शोधपत्र प्रस्तुत गरेका थिए । उक्त वैज्ञानिक सत्रमा आयुर्वेद विज्ञ र चिकित्सकहरुले आयुर्वेदका विभिन्न चिकित्सा विधिहरूले नसर्ने रोगको चिकित्साका लागि महत्त्वपूर्ण भूमिका निभाउन सक्ने धारणा राखेका थिए । चिकित्सकहरूले यस्ता विधिहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्वास्थ्य कार्यक्रममा समावेश गरेर नसर्ने रोगको उपचार र रोकथाम गर्ने विषयहरू माथि पनि छलफल गरेका थिए ।

साथै, सो कार्यक्रममा आयुर्वेद क्षेत्रमा अतुलनीय योगदान गर्नु हुने सात जना आयुर्वेद चिकित्सकहरूलाई पनि सम्मानित गरिएको थियो । आयुर्वेदलाई स्वास्थ्य योजनामा प्राथमिकता साथ राखिनुपर्ने आवश्यकता राष्ट्रिय योजना आयोगले महसुस गरेको भनाई राख्दै विशिष्ट अतिथि राष्ट्रिय योजना आयोगका सदस्य माननीय डा. उमा शंकर प्रसाद, अब को दशक आयुर्वेद को दशक रहेकोले यसको विकास बिस्तार मा विशेष जोड दिनु पर्ने जनाए ।  स्वास्थ्यमन्त्री खापुङले आयुर्वेद र नेपाल आयुर्वेद चिकित्सक संघका मागहरू जायज रहेकोमा यसको कार्यान्वयनमा सक्दो सहयोग गर्ने कुरा व्यक्त गरे ।

कार्यक्रमका सभापति र नेपाल आयुर्वेद चिकित्सक संघका अध्यक्ष डा. श्याम बाबु यादवले राष्ट्रिय आयुर्वेद प्रतिष्ठानको स्थापना, सरकारी सेवामा रहेका आयुर्वेद चिकित्सकहरूले वृद्धि विकासमा विशेेष जोड दिए । त्यस्तै

आयुर्वेद औषधिको उत्पादन र गुणस्तर निर्धारण, जिल्ला आयुर्वेद औषधालयको आयुर्वेद चिकित्सालयमा स्तरोन्नति र औषधिजन्य जडीबुटीको अनुसन्धानको लागि राष्ट्रिय औषधिजन्य वनस्पति बोर्डको स्थापना, एवं परम्परागत चिकित्सकीय ज्ञानको संरक्षण एवं प्रवर्धन गर्न राष्ट्रिय अभिलेखीकरण प्रक्रियाको थालनी गर्नुपर्ने धारणा समेत राखे ।

डा. यादवले नेपाल आयुर्वेद चिकित्सक सङ्घको भूमिका माथि प्रकाश पार्दै संघ अझै सकृया रूपमा अघि बढ्दै जाने कुरा व्यक्त गर्नु गरे । आयुर्वेद औषधिको गुणस्तरका विषयमा सरोकारवालाले चासो नराखेको र आयुर्वेद निकायहरूलाई आयुर्वेद औषधिको नियमकारी भूमिकामा संबंधित ऐनमा व्याख्या गरे अनुसार कार्य गर्ने वातावरण बनाइदिन स्वास्थ्यमन्त्री र सरोकारवाला सम्पूर्ण निकायहरुलाई अनुरोध पनि गरे ।

साम्मनित सात जना आयुर्वेद चिकित्सकहरूको नामवाली:

डा. चन्द्र राज सपकोटा

डा. कादम्बरी आचार्य

डा. मायादेवी गौतम

डा. रामचन्द्र अधिकारी

डा. बाबुराजा अमात्य

डा. रामचन्द्र पाण्डे

डा. सुरज कर्मचार्य

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com