स्वास्थ्य मन्त्रालयको ‘ओएन्डएम’प्रति रेडियोग्राफीका विद्यार्थीहरुको व्यापक असन्तुष्टि 


काठमाडौं । ५० शय्याको अस्पतालका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गरेको संगठन तथा व्यवस्थापन सर्वेक्षण ‘ओएन्डएम’प्रति रेडियोग्राफीका विद्यार्थीहरुले व्यापक असन्तुष्टि जनाएका छन् ।

स्वास्थ्य मन्त्रालयले बनाउँदै गरेको ५० शय्याको अस्पतालको ओएनएम’प्रति रेडियोग्राफीका विद्यार्थीहरुले व्यापक असन्तुष्टि जनाएका हुन्। स्वास्थ्य मन्त्रालयले प्रस्ताव गरेदा ५० शय्याको अस्पतालको संगठन संरचनामा १४५ जनाको दरबन्दीमा एकजना पनि रेडियोग्राफी टेक्नोलोजिस्ट पद नराखेको भन्दै उनीहरूले आपत्ति जनाएका हुन् ।

मन्त्रालयबाट जारी स्वास्थ्य संस्था संचालन मापदण्डको परिच्छेद ९ (ठ)मा ५० शय्याको अस्पतालमा सीटीस्क्यान मेसीन संचालनको लागि कम्तिमा एक जना रेडियोग्राफी टेक्नोलोजिस्ट आवश्यक रहेको उल्लेख भएपनि ५० शय्याको अस्पतालका लागि प्रस्ताव गरिएको ओएन्डएममा त्यसलाई बेवास्ता गरिएको उनीहरूको आरोप छ । स्वास्थ्य सचिवलाई ज्ञापन बुझाउँँदै उनीहरूले उक्त प्रस्तावित ओएन्डएम सच्याउन पनि आग्रह गरेका छन् ।

स्वास्थ्य मन्त्रालयले प्रस्ताव गरेको ओएन्डएममा १४५ जनाको दरबन्दी किटान गरिएको छ । ११ औँ तहको मेसु र नवौं तथा दशौं तहका ११ जना चिकित्सक राखेर ओएन्डएम तयार पारिएपनि रेडियोग्राफी टेक्नोलोजिस्टको पद गायब पारिएको छ । यो विषयमा रेडियोग्राफीका विद्यार्थीले विरोध जनाएका हुन् । आठौँ तहका मेडिकल अधिकृत १२ जना, डेन्टल सर्जन १ जना, कविराज चिकित्सक १ जना पनि ओएनएममा समेटिएको छ ।

५० शय्याको अस्पतालमा तयार पारिएको ओएन्डएम पाँचौँ तथा छैटौ तहका स्टाफ नर्स ४० जना, मिडवाईफ्री ४ जना र एचए १० जना समावेश गरिएको छ। स्वीपर, सुरक्षाकर्मी र सवारी चालकसहित ५० शय्याको अस्पतालका लागि १४५ जनाको दरबन्दी राख्न सिफारिस गरिएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com