गुणस्तरको अनुगम बिना २ अर्ब ५० करोडको मास्क र सेनिटाइजरको आयात गरियो: महालेखा परीक्षकको कार्यालय


काठमाडौं । आर्थिक वर्ष २०७७/७८ मा कोभिड १९ महामारीको दोस्रो लहरमा  सुरक्षा उपकरणको लागि सरकारले विदेशबाट आयात गरिएका अरबौँ रुपैयाँको मास्क र सेनिटाइजर गुणस्तरको बारेमा अनुगमन नै नगरिएको पाइएको छ।

आर्थिक वर्ष २०७७/ ७८ को वार्षिक प्रतिवेदनमा महालेखा परीक्षकको कार्यालयले जारी गरेको कोरोना महामारीको दोस्रो लहरको बेलामा विदेशबाट आयात गरिएका तथा स्वदेशमै उत्पादन भएर बिक्री वितरण भएका मास्क र सेनिटाइजरको गुणस्तर भएको नभएको अनुगमन नै नगरिएको प्रतिवेदनमा उल्लेख छ।

२०७८ सालको जेठ २३ गते सम्ममा ६६ वटा स्वदेशी कम्पनीहरुलाई जेल र सेनिटाइजर उत्पादन तथा बिक्री गर्न अनुमति औषधि ब्यावस्था विभागले दिएको थियो। तर गुणस्तरको मापनको अनुगम भएको छैन ।

भन्सार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७७/७८ मा २ अर्ब ५० करोड ८ लाख ४० हजारको ३५ करोड ९८ लाख २ हजार १४४ वटा मास्क विदेशबाट आयात भएका थियो। तर त्यो गुणस्तर भए नभएको अनुगमन सरकारले नगरिएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ।

 

क्याटेगोरी : विविध, समाचार
ट्याग : #महालेखा परीक्षकको कार्यालय

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com