मिर्गौला प्रत्यारोपण गराउनेको संख्या ९०० पुग्यो


काठमाडौँ। शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा मिर्गौला प्रत्यारोपण गराउनेको संख्या ९०० पुगेको छ । हिजो बिहीबार एकै दिन चार जनाको मिर्गौला प्रत्यारोपण भएको थियो ।

बुधबार भएको एक प्रत्यारोपणसंगै केन्द्रमा मिर्गौला प्रत्यारोपण गराउनेको संख्या ९०० पुगेको थियो । केन्द्रका निर्देशक डा पुकारचन्द्र श्रेष्ठ का अनुसार अहिलेसम्म गरिएका मिर्गौला प्रत्यारोपणमा ९९ प्रतिशत सफलता प्राप्त भएको दावी गरेका छन्।

बिहीबार चार जनाको मिर्गौला प्रत्यारोपणमा पहिलो प्रत्यारोपणमा अर्घाखाँचीका २६ बर्षीया महिलाको भएको थियो । ती महिलालाई आफ्नी ४८ बर्षीया आमाले मिर्गौला दान गरेकी थिइन । दोस्रो प्रत्यारोपण दोलखाका २७ वर्षीय पुरुषको भएको थियो। उनलाई ३८ बर्षीया आफ्नो सौतेनी आमाले मिर्गौला दिएकी थइन भने तनहुँका ३६ बर्षीय पुरुषलाई उनकी ३५ बर्षीया श्रीमतीले मिर्गौला दिएकी थिइन । चौथो प्रत्यारोपणम काभ्रेका ३५ बर्षीय पुरुषको र उनलाई आफ्नै ५२ बर्षिय बुबाले मिर्गौला दान केन्द्रले जानकारी दिएको छ। अङ्ग दाता सबैको स्वास्थ्य अवस्था सामान्य रहेको केन्द्रले जानकारी दिएका छन ।

प्रत्येक बर्ष करीब २०० जनाको दरले मिर्गौला प्रत्यारोपण गर्ने केन्द्रको लक्ष्य रहेकोमा यस बर्ष करिव १५० जनाकको प्रत्यारोपण भईसकेको छ केन्द्रले जाएको छ ।

यस केन्द्रले गण्डकी प्रदेशको पोखरामा स्थानीय अस्पतालसंग सहकार्य गर्दै प्रत्यारोपण सेवा सुरु समेत गरेको छ । साथै कर्णाली प्रदेशको सुर्खेत अस्पतालबाट पनि प्रत्यारोपणको कार्य शुभराम्भ गर्ने तयारी भइरहेको केन्द्रले जनाएको छ ।

 

क्याटेगोरी : समाचार
ट्याग : #मिर्गौला प्रत्यारोपण, #शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com