बिहानीको सेवा बन्द गर्ने निर्णयबाट पछि हट्यो आईओएम


काठमाडौँ । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) अन्र्तगतको त्रिवि शिक्षण अस्पताल, मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर र बीपी कोइराला लाइन्स नेत्र अध्ययन केन्द्रलाई आइतबार बिहानको सेवालाई सुचारु गर्न भनेका छन ।

यसअघि आफ्नो ५० औँ वार्षिकोत्सवको अवसरमा आईओएमले आइतबार ९भोलि० तीनवटै अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गरी कार्यक्रममा सहभागी हुन अस्पतालहरुलाई शुक्रबार पत्राचार गरेको थियो। उक्त निर्णयको चर्को आलोचना भएपछि आईओएमले बिहानीको सत्र ९हाफ डे०सम्म सेवालाई निरन्तरता दिने निर्णय गरेको छ ।


५० औँ वर्ष पुगेको अवसरमा आयोजित सप्ताह व्यापी कार्यक्रमको आइतबार पहिलो दिन प्रमुख अतिथिका रुपमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई बोलाइएको छ।

क्याटेगोरी : समाचार
ट्याग : #त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com