ठमेलबाट चार किलो हेरोइनसहित विदेशी नागरिक पक्राउ


काठमाडौं । ठमेलबाट चार किलो लागुऔषध हेरोइन सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरी वरिष्ठ उपरीक्षक विकासराज खनालका अनुसार पक्राउ पर्नेमा दुई जना विदेशी र एक जना नेपाली नागरिक छन्। तिनीहरुलाइ लागु औषध नियन्त्रण ब्युरोको टोलीले पक्राउ गरेका हुन ।

असार ३१ गते दक्षिण अफ्रिकाको जोहानशबर्गबाट दुबई हुँदै काठमाडौं आएका ६१ वर्षीय अफ्रिकी नागरिक ज्याक्वेस एन्टन एनजेलब्रेचमाथि प्रहरीले शंका गरेको थियो। उनको गतिविधि शंकास्पद देखेपछि प्रहरीले उनीमाथि निरन्तर निगरानी राखेको थियो।

भोलिपल्ट ठमेलको एउटा होटलबाट उनलाई पक्राउ गर्यो। खोजतलासी गर्दा उनले ल्याएको सुटकेशभित्र चार किलो हेरोइन बरामद भएको थियो।

अनुसन्धानको क्रममा सो लागुऔषध लैजानको लागि सहयोगीको भूमिका खेलेका नुवाकोट गर्साङ गाउँपालिका९७ घर भई बनस्थलीमा बस्ने ५० वर्षीय बा २ ज ५६५५ नम्बरको ट्याक्सी चालक सुकेश तामाङलाई पनि प्रहरीले पक्राउ गरेको छ।

साथै दिल्लीबाट काठमाडौंमा हेरोइन लिन आएका दिल्लीको जनकपुरी बस्ने ३२ वर्षीया जोथनलुआङ्गी नामकी भारतीय महिलालाई समेत पक्राउ गरेको छ।

लागु औषध ९नियन्त्रण० ऐन २०३३ बमोजिम उनीहरूमाथि लागु औषध हेरोइन मुद्दामा म्याद थप गरी अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ।

क्याटेगोरी : समाचार
ट्याग : #नेपाल प्रहरी, #लागुऔषध

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com