लागुऔषधसहित भारतीय नागरिक नागढुङ्गाबाट पक्राउ


काठमाडौं। नेपाल प्रहरीले एकजना भारतीय नागरिकलाई लागुऔषधसहित पक्राउ गरेको छ। महोत्तरीको गौशालाबाट काठमाडौँ आउँदै गरेको बा ४ ख ५१४४ नम्बरको यात्रुबाहक बसमा सवार भारत विहारका १८ वर्षीय विवेक कुमारलाई आइतबार प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले लागुऔषध झोलामा लुकाएर ल्याएको अवस्थामा ७०० एम्पुल डाइजेपाम, ७०० एम्पुल फेनार्गन, ७०० एम्पुल नुर्फिन र भारतीय आधार कार्ड बरामद भएको जानकारी गराएको छ ।

लागुऔषध नियन्त्रण २०३३ को कसुरमा जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता मैनालीले बताए।

 

क्याटेगोरी : समाचार
ट्याग : #भारतीय नागरिक, #लागुऔषध

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com