वीपी प्रतिष्ठानका पूर्व उपकुलपति रौनियारको निधन

नेपाल चिकित्सक संघले श्रद्धाञ्जली दियो


काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका पूर्व उपकुलपति प्रा.डा. राजकुमार रौनियारको निधन भएको छ । उनको आज बिहान १० बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

रौनियारको भोलि बिहान ९ बजे दुहबीस्थित बुढीखोलामा अन्त्येष्टि गरिने कार्यक्रम रहेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीमाथि भ्रष्टाचार मुद्दा दायर गरेपछि काम गर्न पाएनन् । कार्यकाल सकिएपछि रौनियारले भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट सफाइ पाएका थिए । उनले भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट सफाइ पाएको धेरै भएको छैन ।

नेपाल चिकित्सक संघले पनि पूर्व उपकुलपति रौनियारको निधनमा श्रद्धाञ्जली अर्पण गरेको छ । उनले असामयिक निधनले नेपाल चिकित्सक संघलाई उपुरणीय क्षति पुगेको संघले जनाएको छ ।

‘स्व. डा. रौनियारले नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा नेपालमा पुर्‍याउनु भएको अतुलनीय योगदान सबैको मानसपटलमा सदा सर्वदा स्मरणयोग्य रहनेछ । इमान्दार, लगनशिल र प्रतिष्ठित रेडियोलोजी विशेषज्ञलाई गुमाउन पुगेकोमा नेपाल चिकित्सक संघ परिवार अत्यान्तै मर्माहित भएको छ ‘, संघले भनेको छ ।

 

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com