सरकारीमा पढ्ने विद्यार्थीलाई ओपीडी सेवा निःशुल्क गराउन माग


काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनले सरकारी शैक्षिक संस्थामा अध्ययनरत विद्यार्थीहरुको लागि अस्पतालमा ओपिडी सेवा निःशुल्क र सबैखाले उपचारमा ५० प्रतिशत सहुलियत सुनिश्चित् गर्न सरकारसँग माग गरेको छ । संगठनका अध्यक्ष सुदेश पराजुलीको नेतृत्वमा अनेरास्ववियूका पदाधिकारीले आज (बुधबार) स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङलाई ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्रमा भनिएको छ,‘हामीलाई विश्वास छ, माननीय मन्त्रीज्यूले संविधानप्रदत्त मौलिक अधिकारको रुपमा रहेको स्वास्थ्यलाई विद्यार्थीको लागि निःशुल्क र सहज पहुँचबाट पहलकदमी लिनुहुनेछ । हामी चाहन्छौं, विद्यार्थीको स्वास्थ्यमाथि कुनैपनि किसिमको खेलबाड नहोस, स्वास्थ्य उपचारबाट कुनै पनि विद्यार्थी बञ्चित हुने अवस्था नबनोस र यही विषयमा पुनः हामीले आन्दोलन गर्न नपरोस । अनेरास्ववियू नेपाल सरकारसमक्ष यही अपेक्षा र विश्वास गर्दछ ।’

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com