स्वास्थ्य मन्त्रालयद्वारा कोरोनासम्बन्धी १० बुँदे अनुरोध


काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमण दिँनहु तीब्रगतिमा फैलिरहेकोले सावधानी अपनाउन अनुरोध गरेको छ । मन्त्रालयका तर्फबाट सहप्रवक्ता डा समिरकुमार अधिकारीले बिहीबार स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउनेबारे १० बुँदे सूचना जारी गरेका हुन् ।

जारी सुचनामा सरकारी, निजि कार्यालयहरु, बैंक तथा वित्तिय संस्था तथा मानिसको भिडभाड हुने ठाउँहरुमा अनिवार्य मास्क प्रयोग र प्रवेशद्वारमा स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने, विमानस्थल, हवाईलगायत सार्वजनिक यातायातमा मास्क र स्यानिटाइजरको व्यवस्था अनिवार्य गराउनेलगायत छन् ।

 

त्यसैगरी मन्त्रालयले अन्तर्राष्ट्रिय हवाई तथा स्थलगत प्रवेश नाकाहरुमा निगरानी बलियो र प्रभावकारी बनाउन निर्देशन दिएको छ । यस्तै मन्त्रालयले गोष्ठी, सेमिनार, बैठकजस्ता भिडभाड हुने स्थान, विद्यालय, विश्वविद्यालय, धार्मिकस्थलमा पनि मास्कको अनिवार्य प्रयोग गर्न जारी सुचनामा उल्लेख छ ।

 

क्याटेगोरी : विविध, समाचार
ट्याग : #कोरोना भाइरस संक्रमण, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com