विद्यार्थीमा हुने भविस्यको पढाई चिन्तालाई मेटाउने प्रयासमा केडीसी, शनिबार एजुकेशन फेयर


काठमाडौं । कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर तथा कान्तिपुर स्कुल अफ डेन्टिष्ट्रीले शनिबार ‘टेक्निकल एजुकेशन फेयर एण्ड करिअर काउन्सिलिङ’ को आयोजना गर्ने भएको छ । एसईई परीक्षा दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गर्दै कलेजले उक्त कार्यक्रमको आयोजना गर्न लागेको जनाएको छ ।

सेन्टर परिसरमा हुने उक्त एजुकेशन फेयरमा स्वास्थ्य शिक्षाको महत्व, राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा यसको अवसरबारे जानकारी दिने मुख्य उदेश्य रहेको अध्यक्ष डा बुद्धिमान श्रेष्ठले बताए ।

एसईई दिएर बसेका कतिपय विद्यार्थीहरुमा भोलिका दिनमा कसरी रुपमा अघि बढ्ने ? के विषय पढ्ने र के विषय पढ्दा कस्तो फाइदा छ भन्ने बारेमा चासो हुन्छ । ‘टेक्निकल एजुकेशन फेयर एण्ड करिअर काउन्सिलिङ’ले उक्त चासोलाई मेटाउन स्वास्थ्य प्राविधिक विषयका बारेमा विद्यार्थी तथा अभिभावकलाई जानकारी गराइने छ ।

कार्यक्रम संयोजक डा सुजन न्यौपानेले एसईई उत्तीर्ण गरेपछि पढ्न सकिने डेन्टल हाइजिन तथा डिप्लोमा ईन फार्मेसी कार्यक्रम तथा सर्टिफिकेट लेभल इन मेडिकल ल्याव टेक्नोलोजी तथा सर्टिफिकेट लेभल ईन डाइग्नोस्टिक रेडियोग्राफी विषयको महत्व र यसको राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा भएका अवसरका बारेमा जानकरी दिने बताईन् ।

प्राविधिक शिक्षा तथा ब्यवसायिक तलिम परिषद (सीटीईभीटी) को सम्वन्धनमा सञ्चालित यी सबै विषयहरु कान्तिपुर डेन्टल कलेज काठमाडौँ र कान्तिपुर स्कुल अफ हेल्थ साइन्स पोखरामा सञ्चालित छन् ।

साथै शनिबारको कार्यक्रममा सहभागीहरुलाई आयोजकका तर्फबाट निशुल्क दन्त परीक्षण, स्वास्थ्य परीक्षण तथा दन्त स्वास्थ्य सम्वन्धी जानकारी जानकारी दिइने भएको छ । परिसरमा रहने २१ वटा स्टलमा प्रोजेक्ट प्रदर्शन, दन्त तथा फार्मेसी उपकरण प्रदर्शन, कला प्रदर्शन, फुड स्टल, गेम स्टल, फेस पेन्टिङ्ग, फोटो बुथ आदि समेत रहने जानकारी दिईन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com