अब पाठ्यक्रममा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको विषय समावेश


काठमाडौं । पाठ्यक्रम विकास केन्द्रले आउँदो शैक्षिक सत्रदेखि पाठ्यक्रममा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको विषयमा केही परिमार्जन गर्ने तयारी गरेको छ । कक्षा ७ को स्वास्थ्य तथा शारीरिक शिक्षामा समावेश यो विषयमा स्पष्ट हुने थप केही सामग्री समावेश गर्ने तयारी गरेको केन्द्रले जनाएको छ ।

केन्द्रले ०७६ सालबाट नयाँ पाठ्यक्रम लागु गर्दा कक्षा ७ को स्वास्थ्य तथा शारीरिक शिक्षामा यौनिक तथा लैंगिक अल्पसंख्यकको विषय पहिलोपटक समावेश गरेको थियो । त्यसमा केही सामग्री थप गर्ने तयारी गरेको केन्द्रले स्पष्ट पारेको छ ।

पाठ्यक्रममा समलिंगी तेस्रोलिंगीबारे समावेश गर्दै महिला र पुरुषसँगै समाजमा यौनिक तथा लैंगिक अल्पसंख्यक पनि हुन्छन् भन्ने सन्देश विद्यालय तहबाटै सरकारले आम समुदायलाई दिने प्रयास गरेको थियो ।

पछिल्ला दुई दशकयता यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले संगठित रूपमा समलिंगी तथा तेस्रोलिंगीको अधिकारका लागि सरकारसँग आवाज उठाउँदै आएको छ । पछिल्लो संविधानले नेपालमा पहिलोपटक समलिंगी तथा तेस्रोलिंगीलाई संबोधन गरेको थियो ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com