लक्ष्मण अर्यालसहित स्वास्थ्यका तीन पूर्वसचिव यसै वर्ष घर जाँदै


काठमाडौं । लक्ष्मण अर्यालसहित स्वास्थ्यका तीन पूर्वसचिव यसै वर्ष घर जाँदै छन् । अर्यालसहित पूर्व स्वास्थ्य सचिवहरू यादवप्रसाद कोइराला र रामपसाद थपलिया यसै वर्ष घर जाने सूचीमा छन् । ५ वर्षे सेवा अवधिका कारण पूर्वस्वास्थ्य सचिव अर्याल यहीँ साउन १९ गते सेवाबाट अवकाश पाउँदै छन् ।

त्यस्तै यसै आर्थिक वर्ष २०७९/८० मा बिदाई हुने सचिवमा यादव प्रसाद कोइराला पनि पर्छन् । स्वास्थ्यबाट प्रधानमन्त्री कार्यालय, पर्यटन, शिक्षा हुँदै फेरि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेका सचिव कोइराला आगामी असार ४ गते अवकाश पाउने सूचीमा छन् । सचिवमा ५ वर्षे सेवा अवधिका कारण अब ११ महिना पछाडि उनी घर जान लागेका हुन् ।

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिवको जिम्मेवारी रहेका पूर्व स्वास्थ्य सचिव राम प्रसाद थपलिया पनि यसै आर्थिक वर्षभित्र अवकाश पाउने सचिवमा पर्छन् । उनी ११ महिनापछि आगामी असार २४ गते अवकाश पाउँदै छन् ।

त्यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपाने ४ दिन पछाडि साउन १२ गते घर जाँदै छन् ।

त्यस्तै महालेखापरीक्षकको कार्यालय उप-महालेखापरीक्षक (सचिव) रामुप्रसाद डोटेल पनि न्यौपानेसँगै साउन १२ गते घर जाँदै छन् । सहरी विकास मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंह मंसिर ६ गते ५ वर्षे सेवा अवधिका कारण अवकाश पाउँदै छन् । त्यस्तै महान्यायाधिवक्ता कार्यालयका नायव महान्यायाधिवक्ता (सचिव) कृष्णजिवी घिमिरे पनि माघ २२ गते घर जाने सूचीमा छन् ।

सञ्चार तथा सूचना प्रविधि सचिव वैकुण्ठ अर्याल ११ महिनापछि घर जाँदै छन् । उनी यसै अर्थिक वर्षभित्र अवकाश पाउने सचिवको सूचीमा छन् । अर्याल अगामी असार ३ गते सचिवबाट घर जाने भएका हुन् ।

क्याटेगोरी : समाचार
ट्याग : ## लक्ष्मण अर्याल, #महेश्वर न्यौपाने, #यादव कोइराला, #रमेश सिंह, #रामप्रसाद थपलिया, #वैकुण्ठ अर्याल, #सचिव अवकाश, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com