विश्व स्वास्थ्य संगठनले मंकीपक्स तीब्र संक्रमणका कारण विश्वव्यापी स्वास्थ्य आपत्तकाल घोषणा


काठमाडौं। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले मंकीपक्सको प्रकोप बढेसँगै शनिवार विश्वव्यापी स्वास्थ्य आपत्तकाल घोषणा गरेको छ । ७५ देशमा १६ हजारभन्दा बढीमा संक्रमण पुष्टि भइसको हुनाले डब्लूएचओका महानिर्देशक डा टेड्रोस अड्हानोम गेयब्रेसेसले स्वास्थ्य आपत्तकाल घोषणा गरेका बताएका छन ।

विश्व स्वास्थ्य संगठनले कोरनापछि मंकीपक्सलाई विश्व स्वास्थ्य आपतकालीन घोषणा गरेको छ । साथै, डब्लूएचओले पनि मंकीपक्स बारे उच्च सतर्कता जारी गरेको छ। यसको अर्थ, विश्व स्वास्थ्य संगठनले अहिले मंकीपक्स प्रकोपलाई विश्व स्वास्थ्यको लागि गम्भीर खतराको रूपमा लिएको छ।

विश्व स्वास्थ्य संगठनका अनुसार यो बर्ष बेलायतमा मंकीपक्सको पहिलो बिरामी ६ मेईमा फेला परेका हुन् । यसको फैलावट द्रुत गतिमा भइरहेको डब्लूएचओले जनाएको छ । मंकीपक्सको प्रकोप रोक्नका लागि तथा संक्रमण भएकाहरुलाई बचाउनका लागि पनि विश्व स्वास्थ्य संगठनले आवश्यक तयारी गरिसकेको उल्लेख गरेका छन् ।

नेपालमा मंकीपक्सको संक्रमण अहिलेसम्म पुष्टि भएको छैन । छिमेकी मुलुक भारतमा मपंकीपक्सका ३ केस पुष्टि भएका भारतीय सञ्चार माध्यमले जनाएको छ ।

हालसम्म मंकीपक्सका कारण ५ जनाले ज्यान गुमाइसकेका छन् ।

सन् २००३ मा पहिलो पटक अफ्रिकी मुलुक प्रजातान्त्रिक गणतन्त्र कंगोमा नौ वर्षीय बालकमा देखिएको थियो ।

क्याटेगोरी : समाचार
ट्याग : ##विश्व स्वास्थ्य संगठन, #मंकीपक्स संक्रमण

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com