सिसिएमको अध्यक्षमा सचिव र उपाध्यक्षमा दिक्षा रिमाल निर्वाचित, मतदानमा अवैध व्यक्ति सहभागी


काठमाडौं ।  ग्लोवल फण्ड हेर्ने नेपालस्थित संयन्त्र कन्ट्री कोअर्डिनेटिङ मेकानिजम(सिसिएम)को नयाँ कार्य समिति चयन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आइतबार भएको निर्वाचनमा स्वास्थ्य तथा जनसंख्या सचिव डा. रोशन पोखरेल सिसिएमको अध्यक्षमा निर्वाचित भएका छन् । सिसिएमको निर्वाचन हरेक दुई-दुई वर्षमा हुन्छ ।

सिसिएमको उपाध्यक्षमा दिक्षा रिमाल निर्वाचित भएकी छन् । उनी चितवनबाट एचआइभी संक्रमितको तर्फबाट प्रतिनिधित्व गर्छिन् । त्यस्तै उपाध्यक्षमा अर्का संजय शर्मापनि उठेका थिए । उपाध्यक्षमा मतदान भएको थियो । रिमालले १२ मत ल्याइन भने ५ मत शर्माले ल्याएका थिए । १७ सदस्यीय नयाँ कार्यसमितिमा अध्यक्ष र उपाध्यक्षबाहेक सबैको निर्वाचन यस अगाडि नै सकिएको थियो । सरकारी क्षेत्रबाट स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. पोखरेल नयाँ अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।  त्यस्तै नागरिक समाजको  तर्फबाट सीसीएम नेपालको उपाध्यक्षमा रिमाल निर्वाचित भएकी हुन् ।

लामो समयपछि भएको निर्वाचन पनि अवैध ठहरिएको छ । सिसिएमको निर्वाचनमा डा. संगिता मिश्रा सामेल भएकी छन् । डा. मिश्रा हाल १२ तह प्रमुख विशेषज्ञ हुन् । तर, सिसिएमको नियममा महाशाखा प्रमुख सदस्य हुने प्रावधान रहेको छ । समन्वय महाशाखा प्रमुख ११ तहको कर्मचारी हुन्छ ।

स्वास्थ्य सचिव आफैं अध्यक्ष भएको निर्वाचनमा किन अवैध व्यक्तिलाई मतदान गर्न दिए भन्ने प्रश्न सार्वजनिक रुपमा उठेको छ । सचिवको सल्लाहकार टिम नभएका कारण साना तिना कुरामा समेत सचिव विवादमा पर्दै आइरहेका छन् । स्वास्थ्य सचिव डा. पोखरेलले आफ्नो टिम चुस्त र प्रभावकारी बनाउनु पर्ने देखिएको छ ।

निर्वाचनमा अन्य सदस्यहरुले समेत डा. मिश्राले मतदान गर्न नियमले नदिने बताएका थिए । तर, प्रमुख विशेष भएको व्यक्तिले महाशाखा प्रमुख अर्थात् ११ तहको कर्मचारीको हैसियतले निर्वाचनमा भाग लिएर मतदान गरेकी छन् । डा. मिश्रामाथि किर्ते गरेर खुलामा ११ तहबाट सरकारी सेवामा प्रवेश गरेको आरोप समेत लागेको छ । यस विषयमा स्वास्थ्य लाइभले विगतका कागजपत्र संकलन गर्ने काम गरिरहेको छ ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : ##सिसिएम, #अवैध मतदान, #डा. संगिता कौशल मिश्र, #दिक्षा रिजाल उपाध्यक्ष, #स्वास्थ्य सचिव डा. रोशन पोखरेल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com