जोशी प्रेस युनियनको लेखा समिति संयोजकमा निर्वाचित


काठमाडौं । नेपाली कांग्रेसनिकट पत्रकारहरुको संस्था नेपाल प्रेस युनियनको लेखा समिति संयोजकमा स्वास्थ्य पत्रकार पदमराज जोशी निर्वाचित भएका छन् । मकवानपुरको हेटौंडामा जारी नवौँ महाधिवेशनको मतगणना अन्तर्गत लेखा समितितर्फको अन्तिम नतिजा अनुसार स्वास्थ्य पत्रकार जोशी संयोजकमा निर्वाचित भएका हुन् ।

जोशीले ७१६ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी कालिका महतले ६१५ मत ल्याए । त्यस्तै लेखा समिति सदस्यमा ८७४ मतसहित घनश्याम पौडेल र ७५७ मतसहित गिरिराज पोखरेल पनि विजयी भएका छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com