मन्त्रिपरिषद‍्‍द्वारा बेलायतमा नर्स पठाउने श्रम समझदारीलाई स्वीकृति


काठमाडौं । बेलायतमा नेपाली नर्स पठाउन श्रम समझदारी गर्न मन्त्रिपरिषद्‍ले आज स्वीकृति दिएको छ । मन्त्रिपरिषद्‍ले बेलायतसँग श्रम स्वीकृति गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई स्वीकृत दिएका हुन ।

लामो अवधि देखि नेपाली नर्स बेलायत पठाउने मस्यौदा माथि छलफल चलिरहेको थियो । करीब मासिक ४ लाख रुपैयाँसम्म तलब पाउने गरी रोजगारीका लागि नेपाली नर्स पठाउने प्रक्रियाबारे बेलायतसँग समझदारी हुन लागेको हो ।

बेलायतले पहिलो चरणमा २–३ सय नर्सलाई आफ्नो देशमा रोजगारी दिने तयारी रहेको छ भने श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । तर करीब १० हजार जनशक्ति बेलायत पठाउन सकिने विश्वास श्रम मन्त्रालयको छ ।

सरकारले गरेको स्वीकृत श्रम समझदारीअनुसार रोजगारीका लागि बेलायत जाने नर्सले कुनै पनि शुल्क बुझाउनु पर्ने छैन । जीटूजी ९सरकार–सरकारबीचको समझदारी० मोडलमा नेपाली नर्सलाई बेलायतमा रोजगारीका लागि पठाइने छ । मन्त्रालयका एक अधिकारीका अनुसार यो मोडलमा कुनै पनि तेस्रो पक्षको संलग्नता हुँदैन र दुईवटा सरकारबीचको समझदारीमा कामदार पठाउने प्रवधान छ ।

यस अघि जीटूजी मोडलमा सरकारले इजरायल र कोरियामा पनि कामदार पठाउने गरेको छ ।

क्याटेगोरी : समाचार
ट्याग : ## मन्त्रिपरिषद्, #बेलायत, #श्रम समझदारी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com