म्याद गुज्रेर २ लाख खोप खेर गयो, कोभिड-१९ खोपको विषयमा तारे होटलमा कार्यक्रम


काठमाडौं । शनिबार मात्र कोभिड-१९ को २ लाख बढी डोज खोप खेर गएको छ । खोप कार्यक्रम प्रभावकारी नहुँदा उक्त खोप खेर गएको हो । तर आइतबार राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले तारे होटलमा कोभिड-१९ खोप प्रभावकारिताको बारेमा कार्यक्रम राखेको छ ।

शनिबारबाट काेभिसिल्डकाे म्याद सकिनु र आइतबार डब्ल्यूएचओले राष्ट्रिय सभा अध्यक्ष र स्वास्थ्य सचिव डा. रोशन पोखरेललाई तारे होटलमा राखेर प्रशिक्षण दिनुलाई संयोग मात्र मान्न सकिन्न । डब्ल्यूएचओका नेपाल प्रतिनिध डा. राजेश पाण्डवका अनुसार राष्ट्रिय सभाका सदस्यहरूलाई कोभिड-१९ को वर्तमान अवस्था, खोप कार्यक्रमको स्थितिबारेमा तारे होटलमा लगेर जानकारी गराइएको छ ।

डब्ल्यूएचओका पाण्डवले ललितपुरको होटल हिमालयमा कोभिड-१९ को वर्तमान अवस्था, खोप कार्यक्रमको स्थितिबारेमा सांसदलाई जानकारी गराउँदै गर्दा दुई लाख बढी खोप खेर गएको थियो । तर उक्त होटलमा खोप कार्यक्रमको विषयमा ठूल्ठूला गफ चुटिए । यता जनतालाई भने खोप कार्यक्रमबाट बञ्चित हुन पुगेका छन् ।

स्वास्थ्य सेवा विभागका फार्मेसी अधिकृत बडेबाबु थापाका अनुसार जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंमा करिब १० हजार खेर गएको छ । जिल्लाबाहिरकाे कुनै रिपोर्ट आफूहरूसँग नभएको उनको भनाइ छ ।

‘म्याद सकिनु दुई दिन अगाडि २ लाख बढी बााँकी देखिएकाे थियाे त्यतिनै हाे वा अझै बढी छ हिसाब नपठाउँदासम्म भन्ने सक्ने अवस्था छैन’, थापाले स्वास्थ्य लाइभसँग भने ।

डब्ल्यूएचओले देशको अवस्थाभन्दा पनि सांसदलाई खुसी पार्ने तारे होटलमा कार्यक्रम राख्दै आएको छ । सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई हरेक कार्यक्रममा उपस्थित गराई डब्ल्यूएचओका डा. राजेशले फाइदा लुटिरहेका छन् । डब्ल्यूएचओ र स्वास्थ्य मन्त्रालयको बेथितिको शिकार खोप कार्यक्रम भएको छ । सांसदहरू भने डब्ल्यूएचओको भोज-भतेरमा मोज गरिरहेका छन् ।

 

क्याटेगोरी : समाचार
ट्याग : #कोभिड-१९ खोप, #गणेशप्रसाद तिमिल्सिना राष्ट्रिय सभा अध्यक्ष, #डब्ल्यूएचओ, #डा. राजेश पाण्डव

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com