प्रहरीद्वारा सवारी चालकहरुको लागुऔषध सेवन चेकजाँचको सुरुवात


काठमाडौं । ट्राफिक प्रहरीले सवारी चालकहरुको लागुऔषध सेवन चेकजाँचको सुरुवात गरेको छ
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आजबाट विभिन्न प्रकारका सवारी साधनका चालकहरुले लागुऔषध सेवन गरी सवारी चलाए नचलाएको सम्बन्धमा प्राविधिक टोली सहित टि.एच.सि. किटको प्रयोग गरी चेकजाँच अभियान सुरु गरिएको हो । उक्त अभियान निरन्तर संचालन गरिने  उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

साथै स्कुल बस चेकजाँच गर्ने अभियान अन्तर्गत चेकजाँचको क्रममा गोगंबु चोकस्थित नयाँबसपार्कमा सिट क्षमता भन्दा बढी विद्यार्थी बोकेको बा २ क ८२५७ नं.को स्कुल बसले बढी विद्यार्थी बोकेको पाईएकोले नियमानुसार कारवाही गरिएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com