पर्यटन सचिव न्यौपाने घर गए

स्वास्थ्य सचिवदेखि सामान्य सचिवसम्म पर्यटनमा जाने ‘रेस’मा


काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपाने ५ वर्षे सेवा अवधिका कारण घर गएका छन् । उनले अवकाश पाएपछि रिक्त रहेको पर्यटन सचिवमा जान सचिवहरुको दौडधुप चलेको छ ।

सचिवहरूका लागि आकर्षक मन्त्रालय मानिएको पर्यटनमा जान मन्त्रालयमै रहेका सचिवदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत सचिवहरू दौडधुपमा लागेका हुन् । प्रधानमन्त्री कार्यालयका एक उच्च अधिकारीका अनुसार स्वास्थ्य सचिव देवकुमारी गुरागाईंदेखि सामान्य सचिव सुरेश अधिकारीसम्म पर्यटनमा जाने दौड ‘रेस’मा रहेका छन् ।

पर्यटनमा जाने रेसमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव गुरागाईंभन्दा संघीय मामिला तथा सामान्य प्रशासन सचिव अधिकारी धेरै अगाडि रहेको बुझिएको छ ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव सूर्य प्रसाद गौतमले अधिकारीलाई उछिनेर पर्यटन सचिव हुन सक्ने सम्भावना पनि उत्तिकै रहेको ती अधिकारीको बुझाई छ । संखुवासभाली सचिवहरु पर्यटनमा जाने रेसमा अगाडि देखिन्छन् । अधिकारी र गौतम दुबैको नेकपा एकीकृत समजवादीका अध्यक्ष माधव नेपालसँग सम्बन्ध रहेकाले पनि पर्यटनमा जाने सचिवको रेसमा यिनीहरू अगाडि देखिएका हुन् ।

त्यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत सचिव सुरेश आचार्य पनि पर्यटनमा जाने रेसमा रहेको बुझिएको छ । तर उनी प्राविधिक सचिव भएकाले पर्यटनमा जाने सम्भावना न्यून छ । पर्यटन सचिवमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव  दिनेश भट्टराईलाई पठाउन समेत प्रयास भइरहेको चर्चा छ । बागमती प्रदेशका प्रमुख सचिव मुकुन्द प्रसाद निरौला पनि पर्यटन सचिवमा आउने प्रयासमा रहेको पाइएको छ ।

पर्यटन सचिव न्यौपाने घर गएसँगै पर्यटन सचिवमा जान शक्तिशाली सचिवहरू दौडधुपमा लागेका छन् ।

 

क्याटेगोरी : समाचार
ट्याग : ## सुरेश अधिकारी, #दिनेश भट्टराई, #देवकुमारी गुरागाईं, #पर्यटन सचिव, #पर्यटन सचिव महेश्वर न्यौपाने, #मुकुन्द प्रसाद निरौला, #सुरेश आचार्य, #सूर्य प्रसाद गौतम

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com