माट्रिका आई सेन्टरद्वारा निःशुल्क आँखा उपचार


काठमाडौं ।  माट्रिका आई सेन्टरले आँखाको निःशुल्क उपचार गरेको छ । माट्रिका आई सेन्टरले काठमाडौं क्षेत्र नम्बर १ निवासी नागरिकलाई लक्षित गरेर आँखाको स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठको उपस्थितिका दर्जनौं बिरामीको मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिएको छ । मन्त्री श्रेष्ठ मोतिबिन्दुको शल्यक्रियाको लागि बिरामी लिएर स्वास्थ्य शिविरमा पुगेका हुन् । आँखा उपचारको लागि राखिएको स्वास्थ्य शिविरमा काठमाडौ क्षेत्र नं एक निवासी मोतिबिन्दुको शल्यक्रियाको लागि बिरामीहरू लिएर पुगेको उनले बताए ।

माट्रिका आई सेन्टरले सयौं बिमारीको निःशुल्क आँखा परीक्षण गरेकाे छ ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com