स्वास्थ्यमा सुधारको आवश्यकता छ : स्वास्थ्य राज्यमन्त्री


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीले स्वास्थ्य क्षेत्रको सुधारका लागि आफू पर्यत्नशिल रहेको बताएका छन् । काठमाडौंमा आयोजित एकीकृत स्वास्थ्यकर्मी संगठन नेपालको उपत्यका भेलामा स्वास्थ्य राज्यमन्त्री केसीले स्वास्थ्यकर्मीका समस्या सम्बोधन र स्वास्थ्य क्षेत्र सुधारमा कटिबद्ध भएर लाग्ने बताएका हुन् ।

राज्यमन्त्री केसीले भने, ‘स्वास्थ्यकर्मी र स्वास्थ्य क्षेत्र सुधार गरेर अनुभुती दिने खालको काम गर्न कम्तिमा दुइ वर्ष लाग्छ । जति दिन बस्छौं आफ्नो प्रयास जारी राख्छौं । तपाईहरुले योजना बनाउनुस । त्यसलाई कार्यान्वयन गर्न लाग्छौं ।’,

अहिलेपनि गाउँगाउँमा सहज र सर्वशुलभ स्वास्थ्य सेवा पुग्न नसकेको भन्दै त्यसका लागि योजना बनाउन आफू लागि रहेको उनको भनाइ छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com