नेपाली कांग्रेसका सहमहामन्त्रीद्वय पाण्डे र परियार एकैपटक कोरोना संक्रमित


काठमाडौं  । नेपाली कांग्रेसका सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियार एकैपटक कोरोना संक्रमित भएका छन् ।

भारतमा एकैदिन २० हजार बढी कोरोना संक्रमित भएको तथ्यांक आइरहँदा नेपालमा पनि भित्रभित्रै भुसको आगोझैँ कोरोना फैलिरहेको छ । कांग्रेसका सहमहामन्त्रीद्वय पाण्डे र परियार पनि कोरोनाको शिकार भएका छन् ।

नेपाली कांग्रेसका नेता गुरू घिमिरेका अनुसार सहमहामन्त्रीद्वय श्री बद्री पाण्डे र जीवन परियार कोरोनाबाट संक्रमित भई उपचाररत रहेका छन् । उनले कोरोनाबाट संक्रमित भई उपचाररत रहेका भएका नेपाली कांग्रेसका सहमहामन्त्रीद्वय  पाण्डे र  परियारको शिघ्र स्वास्थ लाभको कामना समेत गरेका छन् । यसले नेपालमा कोरोना फैलिरहेको देखाउँछ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com