पुरुषसँग यौनसम्पर्क गर्ने पुरुषहरू नै मङ्कीपक्स भाइरसबाट सबैभन्दा बढी प्रभावित: डब्ल्यूएचओ


विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ०ले पुरुषसँग यौनसम्पर्क गर्ने पुरुषहरू नै यस भाइरसबाट सबैभन्दा बढी प्रभावित हुने तथ्य सार्वजनिक गरेको छ । अहिले विश्वव्यापी रूपमा मङ्कीपक्सका विरामी तीव्र रूपमा बढेका छन्।

यसैगरी डब्ल्यूएचओ का अनुसार ती व्यक्तिहरूलाई आफ्ना यौनसाथीको संख्या सीमित गर्न उचित हुने सुझाब दिएको छ । ‘संक्रमण रोक्नका लागि सबैभन्दा राम्रो उपाय भनेको ुसंक्रमणको जोखिम न्यून बनाउनु हो ।

साथै, डब्ल्यूएचओ प्रमुखले भने, ‘पुरुषसँग यौनसम्पर्क गर्ने पुरुषले यौन सम्बन्धका लागि सावधानी अपनाउ आवश्यक छ । यस्ता व्यक्तिले आफ्नो यौनसाथीको संख्या कम गर्नुपर्छ। नयाँ साथीसँगको सम्बन्धबाट टाढा रहनु यो भाइरसबाट बच्नु हो ।

गत हप्ता न्यू इङल्याण्ड जर्नल अफ मेडिसिनमा प्रकाशित अनुसन्धानका अनुसार ९८ प्रतिशत संक्रमित पुरुष समलिङ्गी रहेका छन्।

यसअघि शनिवार डब्ल्यूएचओ प्रमुखले मङ्कीपक्सलाई ‘विश्वव्यापी स्वास्थ्य संकटकाल भएको बताएका थिए।

क्याटेगोरी : समाचार
ट्याग : ##विश्व स्वास्थ्य संगठन, #मङ्कीपक्स भाइरस

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com