स्वास्थ्य मन्त्रालयद्वारा २२ अस्पताललाई १३३ सेट डायलासिस उपकरण वितरण


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न २२ अस्पताललाई १३३ सेट डायलासिस उपकरण (मेसिन) वितरण गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाका अनुसार विभिन्न २२ अस्पतालमा १३३ सेट हेमाेडायलासिस मेसिन वितरण हो । महाशाखाले ती मेसिन भर्खरै खरिद गरेर माग अनुसार वितरण गरेकाे जनाएको छ । नेपालमा करिब ६ हजार मिर्गौला बिरामी डायलासिसमा छन् । तर, मेसिन अभावले सेवा प्रवाहमा गम्भीर समस्या देखिएकाे थियाे । उक्त समस्या समाधानका लागि महाशाखाले हेमाेडायलासिस मेसिन अस्पतालहरुलाई पठाएको हो ।

हेमाेडायलासिस मेसिन माग अनुसार दिन नसके पनि क्रमश: उपलब्ध गराउने व्यवस्थापन महाशाखाले जनाएको छ ।

१३३ हेमाेडायलाइसिस मेसिन वितरण, कुन अस्पतालल कति पाए ?

व्यवस्थापन महाशाखाका अनुसार कोशी अस्पताल, विराटननगरलाई ६ सेट मेसिन उपलब्ध गराइएको छ । इलाम अस्पताललाई २ सेट, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानलाई १० सेट र जनकपुर प्रादेशिक अस्पताललाई ३ सेट डायलासिस उपकरण दिइएको छ ।

त्यस्तै गजेन्द्र नारायण निधि सगरमाथा अस्पताल, राजविराजलाई ५ सेट, नारायणी अस्पताल वीरगञ्जलाई ५ सेट, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताललाई १० सेट र शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र काठमाडौंलाई ३ सेट डायलासिस मेसिन उपलब्ध गराइएको व्यवस्थापन महाशाखाकाको विवरणमा उल्लेख छ । वीपी कोईराला मेमोरियल क्यान्सर अस्पताल, चितवनलाई ४ सेट, भरतपुर अस्पताल, भरतपुर, चितवनलाई ५ सेट,  त्रि.वि., शिक्षण अस्पताल, महाराजगञ्जलाई ४ सेट, नेपाल प्रहरी अस्पताल, महाराजगञ्जलाई ४ सेट र शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरलाई २० सेट मेसिन दिइएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा ५ सेट, भेरी अस्पताल, नेपालगञ्जलाई ६ सेट, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङ्गलाई १० सेट, राप्ती प्रादेशिक अस्पताल, तुलसीपुर, दाङ्गलाई ८ सेट, कर्णाली प्रादेशिक अस्पताल, सुर्खेतलाई ४ सेट र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला ६ सेट डायलासिस मेसिन उपलब्ध गराइएको छ ।

त्यसैगरी सेती प्रादेशिक अस्पताल, कैलाली, धनगढीलाई ४ सेट,  डडेल्धुरा अस्पताल, डडेल्धुरालाई ५ सेट र गर्हौ प्राथमिक अस्पताल, वालिङ्ग, स्याङ्गजालई ४ सेट जम्मा १३३ सेट डायलासिस मेसिन वितरण गरिएको हो ।

 

क्याटेगोरी : समाचार
ट्याग : #हेमाेडायलासिस मेसिन

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com