सरकारले कोभिड संक्रमितको उपचारका लागि तोक्यो १७ अस्पताल


काठमाडौँ । कोभिड संक्रमितहरूको उपचारका लागि सरकारले १७ वटा अस्पताल तोकेको छ ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ संक्रमणको बिरामीहरूको उपचारका लागि सबै प्रदेशमा अस्पताल तोकेको हो । असार ३१ गतेको निर्णय अनुसार मन्त्रालयले कोभिड संक्रमितको उपचारका लगि अस्पताल तोकेका छन ।

 

प्रदेश १ मा कोसी अस्पताल विराटनगर र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई तोकिएको छ । त्यसैगरी मधेश प्रदेशमा जनकपुर प्रादेशिक अस्पताल जनकपुर र नारायणी अस्पताल वीरगञ्जलाई उपचारको निर्देशन दिइएको छ ।

त्यसैगरी वाग्मती प्रदेशमा अस्पतालहरु शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, भरतपुर अस्पताल चितवन, वीर अस्पताल महाबौद्ध, त्रिवि शिक्षण अस्पताल महाराजञ्ज, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान लगनखे लाई कोभिड उपचारका लागि तोकिएको छ । त्यसैगरी गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा र धौलागिरि अस्पताल बाग्लुङ, लुम्बिनी प्रदेशमा लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र भेरी अस्पताल नेपालगञ्जलाई तोकिएको छ ।

यता कर्णाली प्रदेशमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र सुर्खेत प्रार्देशिक अस्पताल वीरेन्द्रनगर साथै सुदूरपश्चिम प्रदेशमा डडेलधुरा अस्पताल डडेलधुरा र सेती प्रादेशिक अस्पताल कैलालीलाई निस्शुल्क कोभिड संक्रमितको उपचारको जिम्मा दिएको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #कोभिड संक्रमित, #घोटाला स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com