नेपालमा कोरोना सक्रिय संक्रमितको संख्या ५ हजार नाघयो


काठमाडौँ । नेपालमा आज ८१४ जनामा थप कोरोना संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या ५ हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा २ हजार ७६२ पीसीआर र २ हजार ६५३ एन्टिजेन परीक्षण गरिएको थियो । त्यसमा ८१४ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।

त्यसैगरी २४ घण्टामा निको हुनेको संख्या २९९ रहेको छ । साथै सोमबार मात्र ११ हजार ५१३ जनाले खोप लगाएका छन् ।

पछिल्लो समय नेपालमा दिँनहु कोरोना संक्रमणको संख्यमा बृद्वि भइरहेको छ ।

क्याटेगोरी : विविध, समाचार
ट्याग : #कोरोना संक्रमण

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com