प्रसूति गृहमा शिशु मृत्युदरलाई घटाउन “ह्युमन मिल्क बैंक” संञ्चालन हुने


काठमाडौँ । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीमा ‘ह्युमन मिल्क बैंक’ स्थापना भएको छ । शिशु मृत्युदरलाई घटाउने उदेश्यले जन्मेदेखि ६ महिनासम्म बच्चालाई पूर्ण रुपमा स्तनपान गराउने छ ।

औपचारिक रुपमा उदघाटन भदौंमा गरिने यस ‘ह्युमन मिल्क बैंक’ को सेटअप भने तयार भइसकेको अस्पतालले जनाएको छ । अस्पतालका निर्देशक डा अमिरबाबु श्रेष्ठले अस्पतालको आउँदो वार्षिकोत्सवमा उद्घाटन गरिने बताए। उनले भने–‘केही प्राविधिक कामबाहेक सबै सेटअप तयार भइसकेको अवस्था छ । हामी भदौ ३ गते उद्घाटनको तयारीमा जुटेका छौं ।

नेपाल सरकारले एक वर्षअघि ‘ह्युमन मिल्क बैंक’को स्थापना गर्ने अवधारणा ल्याएको थियो । यो बैंक स्थापना गर्न युनिसेफले प्राविधिक सहयोग गरेको छ भने ‘पाथ’ नामक संस्थाले स्वास्थ्यकर्मीलाई तालिम प्रदान गरेको छ । सरकारले यो बैंक स्थापनाको लागि गत वर्ष १ करोड ५ लाख बजेट पनि दिएको थियो ।

क्याटेगोरी : विविध, समाचार
ट्याग : #परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com