विराटमा दुर्लभ शल्यक्रिया 

बच्चा दानी आफैको १० किलोको ट्युमर देखेको थिइन: डा. कार्की


काठमाडौं । विराट नर्सिङ होममा उपचाररत एक महिलाको पाठेघरबाट १० केजी ट्युमर निकालिएको छ । बरिष्ठ प्रसुती रोग विशेषज्ञ डा ज्ञानेन्द्रमानसिंह कार्कीको नेतृत्वमा उनको ट्युमर निकालिएको हो । मोरङ पथरी शनिश्चरे नगरपालिका ४ निवासी ३९ वर्षकी महिलाको ट्युमर निकालिएको डा ज्ञानेन्द्रमानसिंह कार्कीले स्वास्थ्य लाइभलाई बताए ।

‘३१ वर्षको सेवा अवधिमा १ लाख भन्दा बढी महिलाको शल्यक्रिया सफलताका साथ गरेको छु डा कार्कीले भने, ‘यस अवधिमा कयौं ट्युमरहरु निकालिएको छ । तर, बच्चा दानी आफैको १० किलोको ट्युमर देखेको थिइन ।’ महिलाको पेटबाट २८ किलो सम्मको ट्युमर निकालेको छु, त्यती मात्र हैन बच्चा दानी आफैको पनि साढे ५ किलोको ट्युमर निकालेको छु तर यो धेरै ठुलो हो जुन अहिले सम्म देखेको थिइन उनले भने ।

चिकित्सकहरुले यस्तो बच्चा दानी आफैको ट्युमर निकै कम हुन्छ । डा कार्कीले सहर भित्र बसेर पनि स्वास्थ्य जाँच नगराउँदा समस्या आएको बताए । उनले महिलाहरुले वर्षमा एक पटक कम्तिमा पनि स्वास्थ्य जाँच गराउन अनुरोध गरे । शल्यक्रियामा डा भानु न्यौपाने, डा बातसल्य अर्याल, डा फारिद खातुन सहभागी थिए । चिकित्सकहरुले ट्युमर मात्रै काटेर निकालेका छन् भने बच्चा दानीलाई बचाएका छन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com