नर्भिक अस्पतालले कौडीको भाउमा भाडामा लिएको सरकारी जग्गाको विवरण मालपोतमै घुमिरह्यो


काठमाडौं । थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालले कौडीको भाउमा भाडामा हत्याएको सरकारी जग्गाको विवरण मालपोतमै घुरिरहेको पाइएको छ ।

स्वास्थ्य लाइभमा नर्भिक अस्पतालले सरकारी जग्गा कौडीको भाउमा भाडामा लिएको समाचार प्रकाशित भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विवरण मागेको थियो । १५ दिनको समय दिएर अख्तियारले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग विवरण मागेको देखिन्छ । तर, मालपोत कार्यालयले प्रष्ट पत्र नपठाउँदा भूमि व्यवस्थापन तथा अभिलेख विभागले दोस्रो पत्र काट्नु परेको स्वास्थ्य लाइभले फेला पारेको छ ।

वसन्तकुमार चौधरीलगायतको स्वामित्वमा रहेको नर्भिक अस्पतालले २० वर्षभन्दा अगाडिदेखि रजाइँ गर्दै आएको थापाथलीको डेढ रोपनी सरकारी जग्गामा मालपोतले पूरा विवरण खुलाएर नपठाएपछि भूमि व्यवस्थापन तथा अभिलेख विभागले अर्को पत्र काट्नु परेको हो ।

स्वास्थ्य लाइभमा नर्भिकलाई मिलेमतो गरी कौडीको भाउमा जग्गा भाडामा दिएको समाचार प्रकाशित भएपछि भूमि व्यवस्थापन तथा अभिलेख विभागले समेत मालपोत कार्यालयलाई पत्र काटेको देखिन्छ । तर मालपोत कार्यालयले ‘झारा टार्ने’ काम गरेपछि विभागले अर्को पत्र काट्नु परेको पाइएको छ ।

२/२ वर्षमा भाडा पुनरावलोकन गरे/नगरेको, सम्झौतामा उल्लेखित शर्त अनुरूप जग्गा प्रयोग भए नभएको, भाडा बक्यौताका विषयमा स्पष्ट पार्न मालपोतलाई विभागले अर्को पत्र काटेको देखिन्छ ।  भाडा पुनरावलोकनको सन्दर्भमा भूमिसुधार तथा मालपोत कार्यालयबीच मिलेमतो भएको विषयमा स्वास्थ्य लाइभले विस्तृत विवरण सार्वजनिक गर्ने छ । २/२ वर्षका भाडा पुनरावलोकन गर्ने सम्झौता गरेर के बदमासी गरियो भन्ने विषय स्वास्थ्य लाइभले थप खुलासा गर्ने छ ।

नर्भिकले सुरू सम्झौतामै वार्षिक ३७ हजार ९ सय ८९ रुपैयाँ तिर्ने गरी कौडीको भाउमा गरिएको सम्झौतामा हरेक २/२ वषमा भाडा पुनरावलोकन हुने उल्लेख छ ।

 

 

क्याटेगोरी : समाचार
ट्याग : ## सरकारी जग्गा, #कौडीको भाउमा भाडामा, #नर्भिक अस्पताल, #वसन्त कुमार चौधरी

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com