सरकारी अस्पतालको शौचालयमा स्वास्थ्यमन्त्री खापुङको ध्यान


काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानी प्रसाद खापुङले सरकारी अस्पतालको शौचालयलगायतका अत्यावश्यक कुरा सुधार गर्न ध्यान दिएका छन् ।

स्वास्थ्यमन्त्रीका प्रस सल्लाहकार केदार प्रसाद गाैतमका अनुसार सरकारी अस्पतालको शौचालय , खानेपानी, बिरामी कुरुवा कक्ष लगायतका अत्यावश्यक कुराहरुमा तत्काल सुधार गर्न स्वास्थमन्त्री खापुुङले सम्बन्धित अस्पतालका निर्देशकहरुलाई निदेशन दिएका छन् । बुधबार मन्त्रालयमा बोलाएर मन्त्री खापुङले उक्त निर्देशन दिएका हुन् । शौचालय फोहोर र अस्तब्यस्त भएको व्यापक जनगुनासो आएपछि समस्या समाधानमा तत्काल लाग्न अस्पताल निर्देशकहरूलाई उनले निर्देशन दिएका हुन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com