शनिबार क्रिस्टल डायग्नोष्टिक सिनामंगलमा वृहत्त रक्तदान कार्यक्रम


काठमाडौं । यहीँ साउन २१ गत शनिबार सिनामंगलस्थित क्रिस्टल डायग्नोष्टिकमा वृहत्त रक्तदान कार्यक्रम सञ्चालन हुने भएको छ ।

‘रक्तदान नै जीवनदान हो’ भन्ने नाराका साथ शनिबार बिहान ८:३० बजेदेखि देउसो १:०० बजेसम्म वृहत्त रक्तदान कार्यक्रम आयोजना गरिएको हो । लायन्स क्लब इन्टरनेसनल संस्थाको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरिएको क्रिस्टल डायग्नोष्टिक ल्याबलगायतका आयोजक संस्थाहरू जानकारी दिएका छन् ।

रक्तदान गर्नु दयाको सानो काम हो जसले ठूलो प्रभाव पार्छ भन्ने उद्देश्यका साथ सिनामंगलस्थित क्रिस्टल कम्प्लेक्सको दोस्रो तल्लामा रहेको प्रोमेड मल्टी स्पेस्यालिटी क्लिनिकमा शनिबार रक्तदान कार्यक्रम सञ्चालन हुनेछ ।

आयोजक संस्थाहरुले रक्तदान कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गराउन सबैलाई उपस्थितका लागि आग्रह समेत गरेको छ ।  ९८०२३०१०२० मा सम्पर्क गरेर रक्तदान कार्यक्रमबारे थप जानकारी लिन सकिने आयोजक संस्थाले जनाएको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #CrystalDiagonsticLab #MedicalLab #MedicalClinic #pathologylabinepal #diagonsticlabinnepal #blooddonation #blooddonationprogram #Lionsclubinternational #promed #grandehospital

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com