मंकिपक्स भाइरसका कारण अन्तर्राष्ट्रिय आवतजावत अवरुद्ध हुन सक्छ : डा पाण्डव


काठमाडौं । डब्लुएचओ नेपाल प्रमुख डा.राजेश साम्भाजीराव पाण्डवले विश्वव्यापीरुपमा मंकिपक्स भाइरसकाे संक्रमण बढिरहेकाले अन्तर्राष्ट्रिय आवतजावत अवरुद्ध हुन सक्ने संकेत गरेका छन् । स्वास्थ्य मन्त्राालयका अनुसार मंकिपक्सकाे आसंकामा ६ वटा नमुना परिक्षण गरिएकाे छ । उक्त परिक्षणमा सबैकाे चिकेनपक्स पुष्टि भएकाे छ । विश्व स्वास्थ्य संगठनकाे सहयोगमा नेेपालमा परिक्षण गर्न मिल्नेगरी २०० वटा कीट सहयोग गरेकाे छ । जसले नेपालमा मंकिपक्स परिक्षण सुुरु भएकाे छ ।

डा पाण्डवले विगतमा मंकिपक्स नदेखिएका देशहरुमा समेत हाल तिब्र रुपमा देखिएकाले यसबाट सचेत हुनुपर्ने बताए । “वैज्ञानिकहरुले समेत यसकाे आधिकारिकता पत्ता लगाउन सकेका छैनन् डा पाण्डवले भने, “यसले आगामी दिनमा अन्तर्राष्ट्रिय आवतजावतमा अवराेध ल्याउन सक्छ ।” उनले भारतमा समेत हाल मंकिपक्स  देखिएकाे र एक जनाकाे मृत्यु समेत भएकाे बताए ।   

स्वास्थ्य पत्रकार मन्च नेपालले आयाेजना गरेकाे कार्यक्रममा पाण्डवले नेपालमा काेभिड विरुद्धको खाेप उल्लेख मात्रामा लगाएकाे बताए । यसकाे प्रगति निकै राम्रो छ पाण्डवले भने । अब जाेखिममा रहेकाे समुदायमा लक्षित भएर अगाडि बढ्नुपर्ने अवस्था छ उनले भने । 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com