क्रिस्टल डायग्नोष्टिक सिनामंगलमा वृहत्त रक्तदान कार्यक्रम सम्पन्न


काठमाडौं । सिनामंगलस्थित क्रिस्टल डायग्नोष्टिकमा वृहत्त रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

‘रक्तदान नै जीवनदान हो’ भन्ने नाराका साथ शनिबार बिहान ८:३० बजेदेखि देउसो १:०० बजेसम्म आयोजना गरिएको उक्त वृहत्त रक्तदान कार्यक्रम भव्य रुपमा सम्पन्न भएको हो । सयौं मानिसहरू उक्त रक्तदान कार्यक्रममा सहभागी भएका थिए ।

लायन्स क्लब इन्टरनेसनल संस्थाको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरिएको क्रिस्टल डायग्नोष्टिक ल्याबलगायतका आयोजक संस्थाहरू जानकारी दिएका छन् ।

रक्तदान गर्नु दयाको सानो काम हो जसले ठूलो प्रभाव पार्छ भन्ने उद्देश्यका साथ सिनामंगलस्थित क्रिस्टल कम्प्लेक्सको दोस्रो तल्लामा रहेको प्रोमेड मल्टी स्पेस्यालिटी क्लिनिकमा शनिबार रक्तदान कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ  । क्रिस्टल डायग्नोष्टिक ल्याबले रक्तदान कार्यक्रममा सहभागी हुने सबैलाई धन्यवाद समेत ज्ञापन गरेको छ ।

क्याटेगोरी : समाचार
ट्याग : ## रक्तदान कार्यक्रम, #क्रिस्टल डायग्नोष्टिक

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com