औषधि खरिदमा टोखा नगरपालिकाले अनियमितता गर्‍यो


काठमाडौं । औषधि खरिदमा टोखा नगरपालिकाले अनियमितता गरेको फेला परेको छ । महालेखा परीक्षकको कार्यालयका अनुसार टोखा नगरपालिका ८ लाखको औषधि खरिद गर्दी पारदर्शी बिक्री मूल्यमा खरिद नगरेको पाइएको छ ।

हलेसी मेडिसिन सप्लायर्ससँग २६ हजार ८ सय ५३ रुपैयाँ र गोसाईकुण्ड मेडिसिन सप्लायर्ससँग ७ लाख ७३ हजार १ सय ४७ रुपैयाँको औषधि खरिद गर्दा औषधि कम्पनीको नाम र मूल्य नखुलाएको महालेखाको ठहर छ । औषधिको गुणस्तरमा समेत महालेखाको प्रश्न उठाएको छ ।

स्वास्थ्य निर्देशिकामा भएको व्यवस्था अनुसार स्वास्थ्य स्वयंसेविकाहरूलाई वार्षिक तथा मासिक समिक्षा बैठकमा यातायात खर्च बापत रुपैयाँ ४ सयको दरले भत्ता दिने व्यवस्था रहेकोमा टोखा नगरपालिकाले १ हजारका दरले ४ लाख २४ हजार ८ सय रुपैयाँ बढी भुक्तानी दिएको पाइन्छ ।

 

टोखा नगरपालिकाले करोडौंको सामग्री सोझै खरिद गरेर अनियमितता गरेको पाइएको छ । सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ८५ मा ५ लाख रुपैयाँसम्मको निर्माण कार्य तथा मालसामान, २० लाख रुपैयाँ सम्मको औषधिजन्य मालसामान र १५ लाखसम्मको नेपालमा उत्पादित मालसामान सोझै खरिद गर्न सक्ने व्यवस्था छ । तर टोखा नगरपालिकाले फर्निचर, स्टेशनरी, फ्रिन्टर, कम्युटर जस्ता करोडौंका सामग्री सोझै खरिद गरेको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #कोभिड-१९ औषधि, #टोखा नगरपालिका, #महालेखा, #मेयर प्रकाश अधिकारी, #स्वास्थ्य

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com