कोभिड-१९ फैलिएपछि गाउँपालिकाले विद्यालय बन्द गरायो


काठमाडौं ।   कोभिड-१९ फैलिएपछि  तेह्रथुमको मेन्छयायेम गाउँपालिकाले विद्यालय बन्द गराएको छ ।

गाउँपालिकाले साउन २३ गते सोमबारदेखि २४ गते बिहीबारसम्म ४ दिन सामुदायिक तथा संस्थागत विद्यालयहरु बन्द गराएको हो । गाउँपालिकाले आज सबै विद्यालयहरूलाई परिपत्र गरेर ४ दिनका पठनपाठन नगर्नू/नगराउनू भनेर निर्देशन दिएको छ ।

कोभिड-१९ को पछिल्लो चरणमा देखिएका संक्रमणबाट विद्यार्थी तथा शिक्षकहरुको स्वास्थ्यमा प्रतिकूल असर परिरहेको अवस्थालाई मध्यनजर गरी लामो विदाबाट मिलान गरी गाउँपालिकाका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुमा विद्यार्थीहरुको भौतिक उपस्थितिमा पठनपाठन नगर्नू/नगराउनू भन्ने निर्देशन दिएको हो । उक्त अवधिमा स्वास्थ्यका मापदण्ड अपनाई विद्यालयको आन्तरिक प्रशासन भने सुचारू राख्न मेन्छयायेम गाउँपालिकाले विद्यालयहरूलाई निर्देशन दिएको छ ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com