वीरका भगौडा चिकित्सक, राज्यको तलब खाएर निजीमा सेवा !


काठमाडौं । मुलक कै जेठो अस्पताल वीर विशेषगरी भुइँ मान्छेले उपचार गराउने अस्पताल हो । देशभरका गरिब बिरामीहरु विशेषज्ञ सेवाका लागि भन्दै वीर अस्पताल आउँने गर्छन् । तर, वीर अस्पतालमा बिरामीले विशेषज्ञ सेवा पाउन भाग्यमै लिएर आउँनु पर्छ । बिरामीले सोध्ने कुरा हुँदैन । जानेर विशेषज्ञ चिकित्सक सेवा गर्न आउँदैनन् । छिटफुटबाहेक वीर अस्पतालमा तलब खाने धेरै चिकित्सक निजीमा रमाइरहेका हुन्छन् ।

वीर अस्पतालको सेवा मुख्यगरी नर्सिङ स्टाफ र मेडिकल अफिसरले धानेका छन् । हामीले कुनै पनि विशेषज्ञ चिकित्सकले वीरमा कामै गर्दैनन् भनेका हैनौं । तर, अधिकांश विशेषज्ञ चिकित्सकले भने वीरमा काम गर्दैनन् ।

बिहान ९ बजेबाट कार्यालय सुरु हुन्छ । तर, अधिकाश चिकित्सक साढे ८ देखि ९ बजेकाे समयमा हाजिर गरेर बाहिरैबाट टाप कस्छन् जुन फाेटाेले स्पस्ट बाेल्छ । राष्ट्रिय ट्रमा सेन्टर अगाडि चिकित्सकका गाडीको लस्कर हुन्छ । उनीहरु बाहिर गाडी रोक्ने र भित्र गएर हाजिर गरी निजीमा जाने गर्छन् । सरकारको नुन खाएर निजीमा गएर सेवा दिनु एक हिसाबले सोच्दा पनि अपराध नै हो । हामी अहिले नाम किटान गर्ने पक्षमा छैनौं । यी फोटाहरु हेरेपछि सम्बन्धित व्यक्ति र फोटा नआएका अरु थुप्रैलाई लाज सरम अवश्य हुन्छ । यसपछि पनि नसुध्रीए हामीले थप फरक रणनीति अपनाउने छौं ।

सेवा सुविधा सबैभन्दा बढी यीनै भगौडा चिकित्सकहरुलाई चाहिन्छ । तर, काम भने दिन रात नर्स र मेडिकल अफिसरले गरिरहेका हुन्छन् । स्वास्थ्य मन्त्री भवानी प्रसाद खापुङले यस्तो कार्य गम्भीर भएको बताएका छन् । उनले आफ्नो समय अवधिभर सम्बन्धित अस्पताल र आफ्नो डिपार्टमा काम गर्नुपर्ने बताए । तर, मन्त्रीले भनेको जस्तो वीरमा कहाँ छ र !

वीर अस्पतालमा मन्त्री र सचिवले समय-समयमा छड्के गर्न आवश्यक छ । ‘गल्ति गर्ने चिकित्सकलाई सचेत हैन निलम्बन गरी कानुनी कारबाही गर्नुपर्छ’, स्वास्थ्य मन्त्रालयका अधिकारीहरु भन्छन् । अस्पतालकै कतिपय अधिकारी निजीमा सेवा दिन जाने चिकित्सकको तलब कटाएर निरन्तर सेवामा लाग्ने अन्य कर्मचारीलाई हौसला दिन सुविधा बढाउनु पर्ने धारणा राख्छन् ।

वीर अस्पतालमा बिहान हाजिर गरेर हिमाल अस्पताल, नर्भिक अस्पताल, ब्लुक्रश अस्पताल, ग्राण्डी सिटी अस्पताल, मोडल अस्पताललगायत आसपासका सानादेखि ठूला क्लिनीकमा बिरामी हेर्न बिशेषज्ञ चिकित्सक पुग्छन् ।

स्वास्थ्य लाइभले केही दिन निरन्तर फलो गरेका केही चिकित्सकको फोटो हामीले सार्वजनिक गरेका छौं । जो वीरमा पुगेर दिनहुँ हाजिर गर्दै बाहिरबाटै भागिरहेका छन् ।

क्याटेगोरी : समाचार, सुशासन

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com