बंगुरमा अफ्रिकन स्वाइन फिभरको महामारी फैलियो, करोडौं नोक्सानी


काठमाडौं । बंगुरमा अफ्रिकन स्वाइन फिभरको महामारी फैलिएसँगै यसको मासुका पारखीका लागि चिन्ता थपिएको छ ।

काभ्रेलगायतका जिल्लामा अफ्रिकन स्वाइन फिभरका कारण सयौंको संख्यामा बंगुर मरेका छन् । यसले किसानलाई करोडौं नोक्सानी भएको छ । पछिल्लो समय ‘पोर्क’ मासुको डिमाण्ड बढिरहेका बेला व्यवसायिक रुपमा पालिएका बंगुरमा अफ्रिकन स्वाइन फिभर महामारी फैलिएको हो ।

प्रकाश बस्नेतलगायतले व्यवसायिक रुपमा पालेको बंगुर अफ्रिकन स्वाइन फिभर रोगका कारण मरेका छन् । उनीहरूले गरेको करोडौं लगानी खेर गएको हो । बागमती प्रदेश सरकारलाई उक्त विषयमा जानकारी गराइसकेको किसानहरुले बताएका छन् ।  बंगुरमा रोगको महामारी फैलिएसँगै यसको मासु खानेले पनि विशेष सतर्कता अपनाउनु पर्ने देखिन्छ ।

 

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com