मिर्गौला प्रत्यारोपणकाे १४ वर्ष, २१ सयले गराए प्रत्याराेपण


काठमाडौं । नेपालमा मिर्गौला प्रत्याराेपण सुरु भएकाे १४ वर्ष पुगेको छ  । सन् २००८ मा शिक्षण अस्पताल महाराजगन्ज बाट पहिलाेपटक प्रत्याराेपण गरिएकाे हाे । बुढानिलकण्ठ निवासी एक पुरुषलाई उनकी श्रीमतीले मिर्गौला दान दिएकी थिईन ।      चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम)की डीन प्रा.डा. दिव्या सिंह शाहले मिर्गौला प्रत्यारोपण गर्न विदेश जानुपर्ने बाध्यता बिस्तारै हराउदै गएको बताएकी छिन् । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा आयोजित एक कार्यक्रममा उनले उक्त कुरा बताएकी छन् ।

नेपालमा सन् २००८ मा पहिलाेपटक मिर्गौलाको सफल प्रत्याराेपण भएकाे सुनाउँदै डीन शाहले अब विस्तारै विदेश जानू पर्ने बाध्यता अन्त्य हुँदै गएकाे धारणा राखिन् । तर, यसका लागि चुनाैतिहरु बग्रेल्ती छ ।

‘सन् २००८ मा पहिलाेपटक डा साहको नेतृत्वमा सफल प्रत्याराेपण भएकाे थियाे । यहाँबाट सुरु भएकाे सेवा १४ वर्षभित्र देशभर पुगेकाे छ । ३२  चिकित्सक प्रत्याराेपणका लागि तैनाथ छन् । ढ राजधानी बाहिरका अस्पतालहरुले पनि प्रत्याराेपण सेवा सुरु गरेका छन्’, डीन शाहले भनिन् । उनले यो कामका लागि  तत्कालीन स्वास्थ्यमन्त्री गिरिराजमणि पाेखरेललाई पनि धन्यवाद दिइन् ।

मिर्गौलाको प्रत्याराेपणका सबैकाे साथ र समर्थन नभएकाे भए  सम्भावना नरहेको डीन शाहको भनाइ छ । मिर्गौलाको प्रत्याराेपणका लागि अझै धेरै चुनाैती रहेको बताउँदै उनले जति गर्नुपर्ने त्यति प्रत्याराेपण हुन नसकेकाे प्रस्ट पारिन्  । डीन शाहले ‘ब्रेन डेथ कार्यक्रम छ तर प्रभावकारी भएकाे छैन । सबैले साथ दिनु पर्छ जसले सेवा अगाडि बढाउन थप सहज हुनेछ ।’, सेवा जति बिस्तार गरेपनि अभाव नै हुने उनले सुनाइन् ।

उक्त कामक्रममा आईओएमका सहायक डीन डा. प्रेमराज ज्ञवालीले पनि धारणा राखेका थिए । शिक्षण अस्पतालमा १४ वर्षमा ७ सय १४ जनाले सेवा लिएका छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com