नर्भिकको अवैध संरचना भत्काउन पुगेका मेयर बालेन सम्झौता गरेर फर्किए


काठमाडौं ।  नर्भिकको अन्तर्राष्ट्रिय अस्पतालले बनाएको अवैध संरचना भत्काउन पुगेका काठमाडौं महानगरपालिका मेयर बालेन शाह सम्झौता गरेर फर्किएका छन् ।

नर्भिकले सरकारसँग भएको सम्झौता र महानगरपालिकाबाट नक्सापास स्वीकृत बेगर बनाएको संरचना बनाएको अवैध संरचना २४ घण्टाभित्र हटाउन मेयर बालेनले हिजै अल्टिमेटम दिएका थिए । २४ घण्टाभित्र नहटाए महानगरले नियमानुसार कारबाही गर्ने जानकारी गराइएको थियो । नर्भिकले अवैध संरचना हटाउन अटेरी गरेपछि फिल्डमा पुगेका मेयर बालेन नभत्काई सम्झौता गरेर फर्किएका छन् ।

नर्भिकका सञ्चालक र मेयर बालेनबीच दुवै पक्षका इन्जिनियर राखेर त्यहाँ रहेका अक्सिजन प्लान्ट हटाउन लाग्ने समय निर्क्याैल गरी महानगरले समय उलब्ध गराउन सहमति भएको हो ।

नर्भिकले  वार्षिक ३७ हजार कौडीको भाउमा भाडामा लिएको एक रोपनी ८ आना जग्गामा सरकारसँगको सम्झौताविपरीत संरचना बनाएको देखिन्छ । सरकारी जग्गा कौडीको भाउमा लिएर स्वास्थ्यको महँगो व्यापार गरिरहेको नर्भिकले अवैध संरचना बनाएको हो । अवैध संरचना बनाएको उक्त स्वास्थ्यको व्यापरी संस्था नर्भिकसँग सम्झौता गरेर मेयर बालेन संरचना नभत्काई फर्किएका छन् ।

क्याटेगोरी : समाचार
ट्याग : #काठमाडौं महानगरपालिका, #नर्भिक अस्पताल, #मेयर बालेन शाह

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com