स्वास्थ्यमाझैं प्रशासनमा पनि कर्मचारीको ६० वर्षे उमेर हद बनाइँदै


काठमाडौं । सरकारले स्वास्थ्य सेवामाझैं प्रशासनमा पनि कर्मचारीको ६० वर्षे उमेर हद बनाउने तयारी गरेको छ । संघीय निजामती विधेयकको मस्यौदामा सरकारले स्वास्थ्यमा जस्तै अरु कर्मचारीको उमेर हद पनि ६० वर्ष पुर्‍याउन लागेको हो ।

अहिले स्वास्थ्य सेवाका कर्मचारीको अवकाश हुने उमेर हद ६० वर्ष छ । प्रशासनसहित अन्य सेवाका कर्मचारी ५८ वर्षमै घर जान्छन् । अब भने ५८ वर्षमा घर जाने कर्मचारीलाई ६० वर्षमा घर जाने व्यवस्था राख्न लागिएको छ ।

स्वास्थ्य र निजामती सेवालाई एकीकरण गरेर सरकारले एउटै संघीय निजामती कानुन बनाउन लागेको हो । उक्त विधेयक कहिले अर्थ त कहिले कानुन मन्त्रालयमा लुकामारी गरिरहेको छ ।

देश संघीयतामा गएको ५ वर्ष बितिसकेको छ । संघका कर्मचारीहरु प्रदेश र स्थानीय तहमा समायोजन भएर गएको पनि लामो समय भइसकेको छ । तर, सरकारले उनीहरूलाई सञ्चालन र वृत्ति विकासमा आवश्यक पर्ने निजामती कानुन ल्याउन सकेको छैन । प्रदेश र स्थानीय तहमा जबरजस्ती समायोजन गरेर पठाएका कर्मचारीमा व्यापाक ‘फ्रस्टेशन’ देखिन्छ । उनीहरूलाई सम्बोधन गर्ने गरी तत्काल निजामती कानुन ल्याउन सरकारलाई विज्ञहरूको आग्रह छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com